Skip to content

सयथरी बाजा एउटै ताल


सयथरी बाजा एउटै ताल
सयथरी गोडा एउटै चाल
मेची काली सिङ्गै ढिक्को
साझा हाम्रो ज्यान नेपाल

सयथरी नै होस् जाति र जात
नाँच्छौं यसरी एकै साथ
झुम्छन् जसरी लसरी पसरी
एउटै रुखका सयथरी पात

सयथरी बाजा एउटै ताल
सयथरी गोडा एउटै चाल
सब हो एउटै हामी नेपाली
एउटै हाम्रो देश नेपाल

चोट मलाई पर्दामा
दुख्छ भने यदि तिम्रो ज्यान
त्यै हो त्यै हो नेपालीको
राष्ट्रियताको मूल निशान

सयथरी बाजा एउटै ताल
सयथरी गोडा एउटै चाल
यै अभिमानी शिर उचली
हाँसी रहोस् यो उच्च हिमाल

शब्द: दुर्गालाल श्रेष्ठ
स्वर: तारा थापा
संगीत: न्हू बज्राचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *