Skip to content

भनिदेऊ नेपाली दाइ मेरो देश कहाँ पर्‍यो


भनिदेऊ नेपाली दाइ मेरो देश कहाँ पर्‍यो
मलाई पनि नेपाली गीत गाउन मन लाग्यो
तिम्रा जरा हाँगा फूल अनि पात कहाँ पर्‍यो
तिम्रा जरा हाँगा पात अनि फूल कहाँ पर्‍यो
मलाई पनि सबैको मन केलाउन मन लाग्यो

भन्छन् सबै नै हामी लड्न पोख्त छौं अरे
खुकुरीको धारमा शत्रु वर्ण जोख्दछौं अरे
भनिदेऊ तिमीले युद्धमा कुन कुन नगर जित्यौं भनिदेऊ
कुन कुन नगरको कुन बगरको कुन सगर जित्यौं भनिदेऊ
मेरो वीरहरूले हाँकेको नगर कहाँ पर्‍यो भनिदेऊ
मेरो वीरले खुँडा धोएको बगर कहाँ पर्‍यो
नेपाली कुन गन्हाउने नालापानी कहाँ पर्‍यो
मलाई पनि त्यहीको पानी पिउन मन लाग्यो भनिदेऊ

हामी वीर हौं अनि वीरका सम्मान गर्छौं रे
स्वदेशको लागि मर्दछौं अनि मार्दछौं अरे
भनिदेऊ केको धावामा बलभद्र वीर मर्‍यो भनिदेऊ
किनारको ? कहाँ बीचरा भीमसेन मर्‍यो भनिदेऊ
पहिलो र दोष्रो महासमरका तीर कता पर्‍यो भनिदेऊ
ती विधवा अनि टुहुराका आश्रम कहाँ पर्‍यो
नेपालतारा देखिने सगर कता पर्‍यो
नेपालतारा देखिने सगर कहाँ पर्‍यो
मलाई पनि त्यहीं कतै हराउन मन लाग्यो भनिदेऊ

स्वर – गोपाल योञ्जन

Leave a Reply

Your email address will not be published. Required fields are marked *