Skip to content


कहिले गलत बनाएर कहिले ठिक बनाएर
किन पठाए भगवानले कसैको आशिक बनाएर

उनले जिन्दगीभरि मायाको ऋणी बनाएर गइन्
मैले ब्याजमा ‘पीडा’ तिर्दैछु किस्ता दैनिक बनाएर

आफन्तको चोटले मुटु छियाछिया पार्छ भनेर
तिमीले धोका दियौ सम्बन्ध नजिक बनाएर

जसलाई ईश्वर ठान्थेँ मनको उसैले धोका दिई
त्यो दिनदेखि चलाउदैछु जिन्दगी नास्तिक बनाएर

कहाँ छे ऊ, कस्ती छे कसैले मलाई खबर गरिदिनु
मरेपछि फूल, माला चढाउनु छ सालिक बनाएर

विनोद विवश
कुश्मीसेरा १, बागलुङ

1 thought on “आशिक बनाएर”

  1. धेरै राम्रो बिनोद जी । लेख्दै
    धेरै राम्रो बिनोद जी । लेख्दै जानुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *