Skip to content

हाँस्न सकिनँ जिन्दगीमा


हाँस्न सकिनँ जिन्दगीमा, आँसुले जिउन सिकाएपछि
वसन्त आउन सकेन रहरमा, उजाड मरुभूमि छाइदिएपछि ।

सफलता पाउन सकिनँ असफलताले साथ दिएपछि
सुखी हुन सकिनँ जिन्दगीमा, दु:खले मुटु कोरेपछि ।

आँखाभरि आँसु थाम्न सकिनँ, सागरमा जीवन डुबेपछि
फूल फुलाउन सकिनँ जीवनमा हरियाली पात झरिसकेपछि ।

ताली बजाउन सकिनँ खुसीमा, एउटा हात भाँचिएपछि
हाँसोकी दुलही सजाउन सकिनँ, आफैँ रोदन भइदिएपछि ।

अङ्किता थापा
कक्षा : ११, मानविकी, मन्थली उमावि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *