Skip to content

बुबाको सम्झनामा


पितामा छ सम्मान मेरो असाध्य ।
हुने सम्झनामा भनी छैन साध्य ।।
जलाएँ चितामा पहिल्यै लगेर ।
कहाँ हुन्छ शान्ती गरी श्राद्ध धेर ।।

दिने प्यार औधी त सन्तानलाई ।
जुटाउने खाना र आफै नखाई ।।
कहाँबाट खोजी पुरा हुन्छ ईच्छा ।
भनी राख्न सक्ने सबैमा सदिच्छा ।।

थियो भित्र ईच्छा कहाँ मैले जानें ।
सधैँ वाँचिराख्ने भनी व्यर्थ ठानें ।।
गरें क्यै अनादर् नजानेर पैले ।
कहाँ माफ माग्ने रुने गर्छु ऐले ।।

वुवा भन्नु जानिन्छ सर्वस्व मेरो।
वितीजानु भैगौ सबै भो अँधेरो ।।
कहाँ गै उज्यालो म देखौं मुहार ।
र रित्तो भयो जिन्दगीको वहार ।।

बुबाको भई सम्झना हुन्छ धामा ।
नरोउन् कसैका यहाँ बाबुआमा ।।
दिए जन्म जस्ले गरौं मानमात्र ।
खुशी राख्नु पर्ने यहाँ पितृ पात्र ।।

दिदैंनन् नि खाना जिऊँदा हुँदामा ।
मरे पिण्ड दिन्छन् बटारी दुनामा ।।
सके राख्नु सम्मान गर्दै मिलाई ।
कुनै काम देखिन्न पिण्डै लडाई ।।

लियौं जन्म मर्ने त पक्का छँदैछ ।
भयौं व्यर्थ अन्धा भनी मांनिदैछ ।।
बुवा साथ आमा सबैमा प्रणाम ।
गरे मान पाईन्छ स्वर्गीय धाम ।।

चूडा निर्भीक

Leave a Reply

Your email address will not be published. Required fields are marked *