Skip to content

षडयन्त्र देख्छु म


षडयन्त्र देख्छु म तिम्रा हरेक चालहरूमा,
बरु देख्दो हो माछाले आकर्षण जालहरूमा

कोही सत्तामा छ शक्ति भन्दछन् विचारमा कोही,
छैन कलमको जति बन्दुकका नालहरूमा

आँखा लगाउँछन् धेरैले यौवन र जवानीको,
कोही लोभिन्छन् प्रकृति,नदी र तालहरूमा

आफन्तहरूसँग जोगिन निकै कठिन हुन्छ,
बरु पौंठजोरी खेल्न सक्छु म त छालहरूमा

जति परिश्रम गरेपनि भाग्य खुलेन मेरो,
आशा छ सफल हुनेछु आगामी सालहरूमा

-कुमार काफ्ले
ओखलढुंगा

1 thought on “षडयन्त्र देख्छु म”

Leave a Reply

Your email address will not be published. Required fields are marked *