Skip to content

कसो गरी भुलुँ मैले



कसो गरी भुलुँ मैले
याद धेरै आउँछ
जति जङ्घार तरे पनि
यो मनको नाउँ छ

आइरहन्छ मीठो सपना
यसो झकाउँदा
मान्दै मान्दैन एक्लोमन
कत्ति फकाउदा

सम्झना झिकुँ कसो गरी
झन् गडिरह्यो
मुस्कान आँसु ढिका भई
डिलमा अडिरह्यो

– राकेश कार्की
लस एन्जेलस

Leave a Reply

Your email address will not be published. Required fields are marked *