Skip to content

के भने झै गर्नुपर्छ र ?


कुनै एउटा गाउँमा जीवन नाम गरेको केटो बस्दथ्यो । ऊ कक्षा ६ मा अध्ययनरत असल, इमानदार र मिहिनेती छात्र थियो । उसको बुबा कार्यालयमा काम गर्नुहुन्थ्यो । उसकी आमा सफल गृहिणी हुनुहन्थ्यो । उनीहरुको परिवार सुखी एवम् सम्पन्न थियो ।

एकदिनको कुरा हो, जीवको विद्यालय बिदा थियो । त्यसैले ऊ घरमै बसिरहेको थियो । उसकी आमाले हिन्दूहरुको धार्मिक ग्रन्थ, श्रीमदभागवत गीता पढेर अरु मानिसहरुलाई सुनाउँदै हुनुहन्थ्यो । यसै क्रममा उहाँले भन्नुभयो – “हामीले गरिब, दुःखी, अशक्त र असहायलाई दया गर्नुपर्छ र हामीले उनीहरुलाई सहयोग गर्नुपर्छ।”

यी सबै कुराहरु जीवनले पनि ध्यान दिएर सुनिरहेको थियो । केही समयपछि जीवनको आमाले गीता पढिसक्नुभयो । त्यहाँ उपस्थित सबै मानिसहरु आ-आफ्नो घर गए । सबै त्यहाँबाट गएपछि त्यहाँ एउछा अन्धो मानिस भिक्षा माग्न आयो र उसले भन्यो -“हजुर, म तीन दिनको भोको हुँ । मलाई केही खान दिनुहोस् ।”

जीवनकी आमाले त्यस अन्धोलाई गाली गर्दै भन्नुभयो -“तिमी यहाँबाट गइहाल त ! यहाँ तिमीलाई दिने केही खानेकुरा छैन र तिमीलाई दिने भिक्षा पनि छैन ।”

त्यसपछि त्यो अन्धो मानिस अँध्यारो मुख बनाएर आफ्नो बाटो लाग्यो। त्यो अन्धो त्यहाँबाट गएको केही समयपछि त्यहाँ एउटा साधु आयो । जीवनकी आमाले त्यो साधुलाई खाना खान दिनुभयो र भिक्षा पनि दिनुभयो । त्यसछि त्यो साधु पनि आफ्नो बाटो लाग्यो ।

साधु त्यहाँबाट जाने बित्तिकै जीवनले आमालाई सोध्यो – “आमा अघि अरुलाई तपाईले नै भन्नुभएको हाइन गरिब, दुःखी, अशक्त र असहायलाई दया माया गर्नुपर्छ भनेर । फेरि किन त्यो अशक्त अन्धो मानिसलाई भिक्षा दिनुभएन र त्यो हृष्टपुष्ट साधुलाई चाहिँ भिक्षा दिनुभयो ”

आमालाई जीवनले यसरी प्रश्न गर्दा असाध्यै रिस उठ्यो । उहाँले जीवनलाई गाली गर्दै भन्नुभयो – “के भने झै गर्नुपर्छ र – तँ आफ्नी आमासँग यसरी प्रश्न गर्छस् ”

जीवनलाई निकै नरमाइलो लाग्यो । ऊ खिन्न मन पार्दै पढ्न बस्यो ।त्यसपछि ऊ खाना खाएर सुत्यो । उसलाई त्यस रात निद्ना लागेन । बिहान सबेरै उठेर आफ्नो नित्यकर्म सकेपछि ऊ विद्यालय गयो । विद्यालयमा शिक्षकहरु धेरै हुनुहन्थ्यो । ऊ सधै आफ्नो कोठा भित्र पस्यो । कक्षामा सर आउनुभयो र उनीहरुलाई भन्नुभयो – “भोलि यहाँ निरीक्षक आउँदै हुनुहुन्छ । उहाँले कति पाठ पढिसक्यौ भनेर सोध्दा हामीले ३२ पाठ पढिसक्यौं भन्नु ।”

जीवनले सरलाई भन्यो – “तर सर हामीले त भर्खर २३ पाठ मात्र पढ्दैछौं, फेरि किन झुटो बोल्नु । तपाईले नै भन्नुभएको हाइन हामीले हुदैन भनेर ।”

सरले पनि रिसाउँदै भन्नुभयो – “के भनझै गर्नुपर्छ र , तिमीले आफ्नो गुरुसँग बोल्ने तरिका यही हो -”

जीवनलाई झन् नरमाइलो लाग्यो । ऊ विद्यालय बिदा भएपछि अँध्यारो मुख बनाउँदै घर गयो । घर पुगेपुछि नास्ता खाएर उसले आफ्नो गृहकार्य गर्žयो । बेलुकाको आना खाएपछि ऊ सुत्न गयो । उसलाई आज पनि निद्ना लागेन । ऊ बिहान सबेरै उठ्यो । उसलाई कति बेला बिहान हुन्छ र उठौंला भनेर रातभरि छट्पटी भएको थियो । आमाले उसलाई “विद्यालय जा” भन्नुभयो ।

तर जीवन विद्यालय जान मानेन । उसले आमालाई भन्यो – म विद्यालय जान्न । विद्यालय गएर के गर्नु शिक्षकले नै खराब कुरा सिकाउनुहन्छ ।”
आमाले कुरा के रहेछ भनि राम्ररी बुझन शिक्षकलाई नै घरमा बोलाउनु भयो । शिक्षक पनि त्यहाँ आउनुभयो । सबै कुरा थाहा पाएपछि उहाँहरु दुवैको आँखा खोलियो । उहाँहरुले “भनेझैं गर्नुपर्ने रहेछ” भनेर पाठ सिक्नुभयो । यो सब जीवन कै कारणले भएको थियो । त्यसैले जीवले उहाँहरुको आँखा खोलिदियो । त्यस दिनदेखि उहाँहरुले पहिला आफूले गरेर मात्र अरुलाई सिकाउने गर्नुभयो ।

1 thought on “के भने झै गर्नुपर्छ र ?”

Leave a Reply

Your email address will not be published. Required fields are marked *