Skip to content

गुरु पूर्णिमा

अन्धकार हटाएर, ज्ञान ज्योति बढाउने। ।
गुरु मात्र सदा एक, अात्म ज्ञान गराउने ।

परासर सुत ब्यास, दमौलीमा रमाउने ।
लिपि बद्ध गरी वेद, चार भाग लगाउने।

ज्ञानका सर्व भण्डार , विश्व विख्यात पण्डित ।
ब्रह्माण्ड ज्ञानका स्रोत, ब्यास ज्ञान अखण्डित ।

सम्पूर्ण ज्ञानको केन्द्र , अट्ठारह पुराण नि ।
वेद मन्त्र सवै शास्त्र, उनैको देन हो पनि ,

त्यसैले ‘वेदब्यास’ नै, राखियो नाम सुन्दर।
नसुन्ने वेदको नाम , विश्वमा आज कुन्छर ?

पुराण ती अठारै नै, ज्ञान सागर लेखियो ।
आषाढ शुक्ल पूर्णिमा , गुरुकैनाम अर्पियो ।

यसै दिन दमौलीमा, गुरु जन्म भए छ नि ।
त्यसैले उनकै नाम, ब्यास गुफा रहे छ नि ।

माता सत्यवती नाम , पिता परासरै थियो ।
आश्रम उनको राम्रो , हो आदिकाल देखिको ।

चुसेर दूध माताको, काखैमा ज सुतेर नै।
शिक्षा पाए पिताबाट, सम्पूर्ण ज्ञान वेद नै ।

सप्त रिषिहरूलाई, ज्ञान दान गरी शिव ।
आदि गुरु बनेका हुन् ,आजैको दिनमा शिव ।

बुद्धले आजकै प्रात: , कुशीनगरमा पनि।
आर्य सत्य सवै साथै, मार्ग अष्टांगिकै पनि ।

नेपाली बुद्धले शिक्षा , विपश्यना र योगको ।
सिकाएको दिनै यो हो , विश्व शान्ति र ध्यानको ।

अक्षराम्भ गराएर, बाबुनानी पढाउने ।
कलम हातमा राख्दै, कापीमा नै सिकाउने ।

नेपाली पर्व हो आज , यो संस्कृति महान छ ।
विद्या आर्जन गर्ने हो, विद्यार्थी चाड मान्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *