दुखी दुखी हाँस्नु पर्दैछ
झुकी झुकी बाँच्नु पर्दैछ
भित्र भित्रै बहकिने मनलाई
रोकी रोकी बाँध्नु पर्दैछ
यौटै मात्र आस्थाको लौरी
चुकी चुकी भाँच्नु पर्दैछ
जिन्दगीको यो कठोर जेलमा
लुकी लुकी नाँच्नु पर्दैछ
चुँडिन लागेको जीवनको डोरी
ठाउ ठाउँमा आफैंले गाँस्नु पर्दैछ
डिल्ली प्रसाद खराल♥घायल♥
वीरेन्द्रनगर चितवन,
हाल:-मरुभूमिको छाती दुबई”