Skip to content

सूर्य चन्द्र नाडि राखौँ सन्तुलित

सूर्य चन्द्र नाडि राखौँ सन्तुलित

जीवन नाक आधार, शरीरको छ प्राण नै!
दक्षिण बाम प्वालै हुन् , प्राणाधार सजीव नै।

श्वास प्रश्वास प्राणैका, प्रवेश निकास द्वार ।
नियमित सदा चल्ने, यिनै हुन् जीवनाधार ।

थुनियो बाम द्वारा नै, सिंगान पहिरो झरी,
आवागमन बन्दै भो, श्वास प्रश्वासको पनि ।

दक्षिण द्वार नाकैको, झुसेरौँ नि गुजुल्टियो,
विजातीय मिली तत्व, पुरै बन्द गरी दियो ।

नासिका बन्द दुबै छन् , नाडि शिथिल नै भए ।

थाले सलबलाउन, तर फर्केन पछाडि ।
ब्रह्मरन्ध्रसम्म पुगी, सुषुम्ना सक्रिय भयो,
कुम्भक गरी शरीर, अझ शक्तिशाली भयो ।

यम पनि डरांऊँ छ , कुम्भकको प्रभावले,
नाक बन्द गरेँ तिम्रो, सकेन भन्न उसले ।
यमको बास दक्षिण , शिवको उत्तर तिर,
समुद्री बिष पिऊँने, शिव प्यारा यतातिर ।

सिंगासेको सिँगान नि, उडायो दीर्घ श्वासले,
खुल्यो बाम द्वार अब, ल्यायो प्राण वायु सब ।
शक्तिशाली शरीर त, फेर्यो सास बामबाट,
सूर्य मार्ग बन्द गर्ने, यमराजको के आॉट ?

बाम दक्षिण दुबै, सुचारु नासिका आज,
अनुलोम र विलोम, दुबैतिर बराबर ।
सूर्य चन्द्र नाडि राखौँ, सन्तुलित हामी सब,
माया गरौँ दुबैतिर, सबैले नि बराबर ।

दक्षिणको तातो हुरि, चिसो वायु उत्तरको,
तातो चिसो मिली बन्छ , समतावाद योगको ।
एकतर्फी श्वास लिंदा, शीत/उष्ण सताउँ छ.
समान प्रयोग दुवै, योगले नै सिकाउँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *