Skip to content

भेटघाट र गफगाफ: प्रोफेसर शर्माको डायरी

  • by


कुरो २०४५ सालतिरको हो । म त्रिविको केन्द्रीय अंग्रेजी विभागबाट एमए पास गरेलगत्तै त्यसै विभागमा पढाउन थालेको थिएँ । बढीजसो विद्यार्थीहरू मेरै उमेरका थिए । चक-डस्टर बोकेर कक्ष्ाामा छिर्दा मनमा एक किसिमको डर हुन्थ्यो- कसैले उत्तरै दिन नसकिने अप्ठ्यारा प्रश्न सोधेर बिलखबन्द पारे भने ? शिक्ष्ाक भएर कक्ष्ाामा छिरिसकेपछि फलानो प्रश्नको उत्तर थाहा छैन भनेर कसरी स्वीकार गर्ने ? कहिलेकहीँ आफू विद्यार्थी हुँदा पढाउने शिक्ष्ाकहरूलाई सम्झन्थेँ । कतिपय प्रोफेसरहरू -सबै होइन) विद्यार्थीहरूले बढी प्रश्न सोधेको मन पराउँदैनथे । धेरै प्रश्न सोधे गाली गरेरै चुप लगाउँथे । ज्ञान र त्रासको उक्त संयोजनभित्र शिक्ष्ाकहरूले सबै प्रश्नको उत्तर जान्नैपर्ने अनिवार्य बाध्यता थियो भने विद्यार्थीहरू गुरुले दिएका ज्ञानका सूत्रहरूलाई प्रश्न नगरी तिनलाई ध्रुवसत्य मान्न विवश थिए ।

भर्खरै निक्लेको विप्लव ढकालको लामो कविता ‘प्रोफेसर शर्माको डायरी’ पढ्दापढ्दै मेरा अध्यापन यात्राका कतिपय स्मृतिहरूमा घोत्लिन पुगेँ । विप्लवका कविताका नायक प्रोफेसर शर्माले तीस वर्षभरिमा आर्जन गरेको सम्पूर्ण ज्ञान उसको एउटा ‘पुरातात्त्विक डायरी’ मा लेखिएको हुन्छ । त्यसै अखण्डित ज्ञानका सूत्रहरू ऊ आफ्ना विद्यार्थीहरूलाई घोकाउँछ र डायरीमा कोरिएका ‘अन्तिम निष्कर्षहरू’ को माध्यमबाट तिनले सोधेका सबै प्रश्नहरूको जवाफ दिन्छ । एक दिन उसको त्यो डायरी हराउँछ र त्यसको साथै प्रोफेसरको ‘उभिने बलियो लठ्ठी’ पनि भाँचिन्छ । डायरी नबोकी कक्ष्ाा कोठामा पसेको प्रोफेसर शर्मा विद्यार्थीहरूको प्रश्नअगाडि निरुत्तरित मात्र नभई मुर्छितसम्म हुन पुग्छ । त्यसको केही समयपछि नै घरबाट रहस्यमय ढंगबाट हराउँछ र अन्त्यमा एउटा विक्षिप्त पागलको रूपमा देखापर्दै विश्वविद्यालयका ‘नयाँ’ प्रोफेसर शर्माहरूलाई खेद्न थाल्छ । पुरानो प्रोफेसर शर्माले थाहा पाउँछ- नयाँ प्रोफेसर शर्माहरूका ब्यागमा उसकै हराएका पुरानो डायरीका टुक्राटाक्री, त्यसकै पुराना पानाहरू रहेछन् । उसको पुरानो डायरीमा रहेको ज्ञानको समग्र भण्डार टुक्राटाक्री पानाहरूमा विखण्डित भएर नयाँ प्रोफेसरहरूका ब्यागमा छरिएको रहेछ ।

विप्लवको कविताले पुरानो प्रोफेसर शर्मा र उसका नयाँ संस्करणहरूमध्येको भिन्नतालाई औंल्याएको छ- पुरानो प्रोफेसर शर्मा विपरीत नयाँ प्रोफेसरहरू ‘ज्ञानको कुरूप सतहमा …चम्किलो पालिस लगाउन’ जान्दछन् । पुरानो प्रोफेसर शर्मा विपरीत उसका नयाँ संस्करणहरू ‘राजनीतिक पार्टीका धर्मद्वारहरूमा शिर झुकाएर छिर्दै आ-आफ्ना राजनीतिक इष्टदेवताहरूलाई खुसी तुल्याउने कलामा माहिर छन् । पुरानो प्रोफेसरको समग्र, अखण्डित ज्ञान उसको पुरानो डायरीको ‘आधुनिकता’ भित्र सञ्चित हुन्छ । नयाँ प्रोफेसरका खण्डित टुक्राटाक्री पानाहरूले ज्ञानको उत्तर आधुनिक विखण्डन र बहुलतातिर संकेत गर्छन् ।

यी सबै भिन्नताहरूको बाबजुद नयाँ र पुराना दुवै किसिमका प्रोफेसर शर्माहरूमा एक किसिमको समानता छ । ज्ञानको उत्पादन र उपभोगबारे दुवैका धारणा र प्रतिमानहरू उस्ताउस्तै छन् । दुवैले सोच्छन्- हाम्रो काम पहिलेदेखि नै सूत्रबद्ध भएका ‘अन्तिम निष्कर्षहरूलाई’ विद्यार्थीहरू समक्ष्ा पस्कने हो र विद्यार्थीको काम ती अन्तिम सत्यहरूलाई सुगाझैं जस्ताको त्यस्तै घोक्ने हो । नयाँ र पुराना दुवै किसिमका प्रोफेसर शर्माहरू विद्यार्थीलाई प्रश्न गर्न उत्साहित गर्दैनन्, चलिआएका ‘सत्य’ हरूलाई खोतल्न वा चुनौती दिन सिकाउँदैनन् । दुवैले आफूलाई ज्ञानका अन्तिम ठेकेदार मान्छन् । यस्ता ठेकेदार जसका डायरी र ब्यागका पानाहरूमा सर्वकालीन शास्वत सत्यहरू सदाका निम्ति कैद छन् ।

शिक्षकहरू ती अपरिवर्तनशील सत्यका क्रियाशील वाहकहरू हुन् र विद्यार्थी ती सत्यलाई रटिबस्ने निष्त्रिmय उपभोक्ता हुन् भन्ने यसै विचारले कक्ष्ााकोठाको ‘त्रासदी’ लाई सिर्जित गर्छ । मैले पनि आफ्नो अध्यापन यात्राको प्रारम्भमा त्यसै त्रासदीबाट गुज्रनुपरेको थियो । सायद विद्यार्थीले मजस्तो अनुभवहीन नयाँ शिक्ष्ाकको दक्ष्ातालाई जाँच्न खोजेकाले होला पढाउन थाल्ने बित्तिकै प्रश्नका शृंखला मेसिनगनका गोलीझैं चारैतिरबाट बर्सन्थे । विद्यार्थीले उठाउन सक्ने प्रश्नको जवाफ दिन विभिन्न तर्क र बुँदा कोर्दै मैले पनि एउटा डायरी बनाएको थिएँ । तर पनि मनमा एउटा डर हुन्थ्यो- कतै नसोचेका डायरी बाहिरका कुनै मुद्दा उठाइदिए भने ? मसँग दुई वटामात्र विकल्प थिए- या त प्रश्न सोध्ने विद्यार्थीलाई गाली गरेरै तह लगाउन पर्‍यो । नभए आफ्नो अपूर्ण ज्ञान, आफ्नो डायरीको सीमित वैचारिक क्ष्ाितिजलाई स्वीकार गर्नुपर्‍यो । मजस्तो नयाँ शिक्ष्ाकलाई आफ्नै उमेरका विद्यार्थीलाई हप्काएकै भरमा चुप लगाउनु असम्भव थियो । त्यसैले अध्यापन सुरु गरेको एक हप्तासम्म विभिन्न किसिमका द्विविधा र त्रास खेपेपछि मन दह्राे बनाएर अन्तिम निर्णय लिएँ- होइन, थाहा नभएको कुरा थाहा छैन भनेर स्वीकार गर्न ुनै उत्तम हुनेछ ।

एक हप्तापछि मेरो उक्त निर्णयलाई जाँचेर हेर्ने अवसर आइपुग्यो । माक्र्सवादी समालोचनाबारे एउटा लेख पढाउँदै थिएँ, एक जना विद्यार्थीले उक्त लेख र मेरो अध्यापकीय डायरीभन्दा बाहिर रहेको विषयबारे एउटा प्रश्न सोधे । मैले एकछिन गमेर उत्तर दिएँ- मलाई थाहा छैन । कक्षामा एक क्षणको निम्ति मौनता छायो । कोही मुखामुख गरेर हाँस्न पनि थाले । मलाई भने अज्ञानताको प्रथम स्वीकारोक्तिपछि धेरै हलुको, धेरै सजिलो भएको जस्तो अनुभव भयो । भनेँ- म आफ्नो दिमागमा एनसाइक्लोपिडिया लिएर हिँड्दिन । कति कुरा मलाई थाहा छन् कति छैनन् । थाहा नभएका कुरा पत्ता लगाएर तपाईंहरूलाई बताउने कोसिस गर्नेछु । तपाईंहरूलाई थाहा भए मलाई बताइदिनुहोला । हामी एकअर्काबाट सिक्दै अगाडि बढ्दै जानेछौं ।

सबैजना गलल हासे । तर त्यसपछिका दिनहरूमा विद्यार्थीहरूसँगको सम्बन्ध सुमधूर हुँदै गयो । त्यसताकाका कति विद्यार्थी पछि गएर घनिष्ट मित्रसम्म बने, अझै छँदैछन् । बीस वर्षको अध्यापन अनुभव दौडान मैले उक्त निर्णयबाट एकपल्ट पनि पछुताउनुपरेको छैन । मलाई अझै लाग्छ- ज्ञानको एकाधिकार शिक्षकमा मात्र निहित हुँदैन । ज्ञान प्रोफेसर शर्माको डायरीमा सूत्रबद्ध भएका वाक्यहरूझैं सर्वकालीन र शास्वत नभएर परिवर्तनशील हुन्छ । त्यसको लगातार नवीकरण गरिरहनुपर्छ । शिक्ष्ाक तथा विद्यार्थीमध्येको इमानदार, स्वतन्त्र अन्तक्रिर्याबाट नै ज्ञानको नवीकरण हुन्छ ।

विप्लव ढकालको कविता पढ्दापढ्दै एउटा नयाँ विचार जन्मियो- सायद कविताको अन्त्य अर्कै ढंगबाट पनि गर्न सकिन्थ्यो कि ? उक्त वैकल्पिक अन्त्यमा डायरी हराएर विक्ष्ािप्त बनेको पुरानो प्रोफेसर शर्मा आफ्नो डायरी खोज्दै नयाँ प्रोफेसर शर्माहरूलाई खेद्दै जान्छ । तर उसले आफ्नो हराएका डायरीका पानाहरू नयाँ प्रोफेसरका ब्यागभित्र नभेटेर विद्यार्थीका झोलाहरूमा भेट्छ । ती विद्यार्थीहरू नै उसका नयाँ, युवा शिक्ष्ाकहरू बन्न पुग्छन् र तिनका झोलामा पाइएका टुक्राटाक्री ज्ञानलाई जोडेरै उसले पुनः आफ्नो पुरानो डायरीको नवीकरण गर्छ । के हाम्रा विश्वविद्यालय र कलेजहरूमा प्रोफेसर शर्माहरूका त्रासपूर्ण कथानकहरूको यस किसिमको अन्त्य सम्भव होला ? कि प्रोफेसर शर्माहरू सधैंँ आफ्ना शास्वत, सूत्रबद्ध ज्ञानका डायरीहरू हराउलान् भन्ने त्रासले पीडित हुनेछन् र तिनका विद्यार्थी त्यसै प्राचीन डायरीका अपरिवर्तनशील सूत्रहरूलाई अनन्तकालसम्म यत्तिकै घोकिरहनेछन् ?

कविताको अन्त्य एउटा प्रश्नबाट भएको छ- यदि पुरानो प्रोफेसर शर्मा आफ्नो हराएको डायरीका टुक्राटाक्री नयाँ प्रोफेसर शर्माहरूबाट खोज्न सफल भएमा भोलिदेखि ती नयाँ प्रोफेसरहरूले के गर्नेछन् ? मेरो विचारमा यो प्रश्न आफैंमा पनि ज्ञानको उत्पादन र सम्प्रेषणसम्बन्धी पुरानो किसिमको सोचाइमा आधारित छ । यस प्रश्नले अझै भन्दैछ- ज्ञान सर्वकालीन र अपरिवर्तनशील हुन्छ, डायरीका ‘मौलिक’ सूत्रहरूमा सदाको निम्ति रेकर्ड गरिएको हुन्छ र त्यसलाई नयाँ प्रोफेसरहरूले पुरानाबाट चोर्न सक्छन् । तर साँच्चै भन्नुपर्दा न ज्ञानमा कसैको एकाधिकार हुन्छ, न यो चोरिनुपर्ने वा चोर्न सकिने वस्तु नै हो । वाल्टर बेन्जामिनले भनेझैं हामी ‘यान्त्रिक पुनरउत्पादनको’ सञ्चारमा बाँच्छौं । आजकल फोटोकपी र पि्रन्टको यान्त्रिक प्रविधि माध्यमबाट एउटै ‘मौलिक’ कृतिको लाखौं कपी बनाउन सकिन्छ । पुराना प्रोफेसरहरूले आफ्नो ज्ञानलाई डायरीमा लुकाउनु सट्टा त्यसको ‘फोटोकपी’ गरेर सबैलाई बाँडिदिए त लुक्ने, लुकाउने र चोर्ने, हराउने स्थिति नै आउँदैन नि । त्यसबाहेक ज्ञान कुनै सर्वकालीन डायरीको पानामा सधैंँको निम्ति बाँधिने अपरिवर्तशील वस्तु पनि होइन । त्यसैले त्यो डायरी हराएमा नयाँ र पुराना कुनै पनि प्रोफेसरले मुर्छित वा विक्ष्ािप्त हुनुपर्ने विल्कुलै आवश्यकता छैन । ज्ञान त विद्यार्थी र शिक्ष्ाकमध्येको दैनिक अन्तरक्रियाबाट उत्पन्न हुने परिवर्तनशील सत्य हो । त्यसैले डायरी हराएमा प्रोफेसर शर्माहरूले आत्तिहाल्नु पर्दैन । बरु विद्यार्थीहरूलाई इमानदारीपूर्वक भने पुग्छ- आज मेरो डायरी हराएको छ, आज म बोल्दिन बरु तपाईंहरूकै कुरो सुन्छु, तपाईंहरूबाटै सिक्छु । शिक्ष्ाण पेसामा कहिलेकहीँ यस्ता क्ष्ाण पनि आउँछन् जब शिक्ष्ाक विद्यार्थी बन्न पुग्छन् र विद्यार्थी शिक्ष्ाक । आफ्नै विद्यार्थीबाट सिक्न पाइने ती क्ष्ाणहरूलाई नयाँ र पुराना दुवै किसिमका प्रोफेसरहरूले त्रासदीको रूपमा नलिएर गर्वको रूपमा लिन सक्नुपर्छ । यसो हुन सकेको खण्डमा सायद डायरी हराएको क्षण विक्षिप्तता र पीडाको क्षण नभएर सिर्जनात्मक सम्भावनाको क्षण बन्न सक्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *