Skip to content

बटुक/गाहा


पाकेको बेलौती र, कालो त्यो सर्पो पढेर’
डलासमा बसी पढ्ने,सोध्छिन् छोरी के भनेर ?

‘को हो त्यो ‘बटुक’ भन्ने ? जान्न हामीले पाएनौं,
को थियो त्यो ‘गाहा’ भन्ने, चिन्न पनि त सकेनौ ।
अरु बुझी लिन पाए, हाम्रो शान्त हुने मन,
कसोगरौं हामीहरू, चन्चले यो हाम्रो मन ? ‘
अर्थ
‘बटुक’ ‘गाहा’ ‘बुढा’, चाह्यौ अर्थ तिमी जान्न,
‘गाहा’ भन्ने थर राम्रो, ‘बुढा’ भन्ने व्रिद्ध जान ।
‘बटुक’ भनिन्छ हेर, वेद पढ्ने ज्ञानी जान,
‘बटुक’ मीठो भोजन, खाने कुरा पनि जान ।
बटुक
‘मास’ ‘झिलंगी’ पिसी, नून मसला मिलाऊ,
सफा जलमा भिजाई, डल्लो राम्रो बनाऊ ।

थाल घोप्ट्याई चिल्लो, राम्रोगरी नै लगाऊ,
त्यसैमाथि राखी डल्लो, थिची प्वाल पनि बनाऊ।

तातेको घिऊ तेलमा, राम्रो डुबाई पकाऊ,
आफै बटुक पकाऊ, खाऊ अनि त्यो खुवाऊ ।

‘मास’ र ‘झिलंगी’ के हो, छुट्याउन सक्ने छैनौ,
नबुझे नेटमा हेर्न, पछि पर्ने तिमी छैनौ ।

2016-09-22 15:48:11 +0000

Leave a Reply

Your email address will not be published. Required fields are marked *