Skip to content


न्यायाधार

पाल्पाको रमणीय, देवगिरी छ सुन्दर ।
माण्डव्य रिषि आश्रम, अवस्थित छ मुन्तिर।

रुप्से हो बीचको गाऊँ, अन्नले भरिपूर्ण छ ।
डहर पथ पीचै र, स्वास्थकेन्द्र बनेको छ ।

चौरानब्बे छ जेष्ठ को, उत्तरा फाल्गुणी थियो ।
रात्रीको छ घडी जाँदा, एउटा शिशु जन्मियो ।

मात्रिस्तन गरी पान, झोलुंगोमा झुली झुली ।
पिंडीमा बलियो खाँबो,बर्को बाँधी कनै सुती ।

ढाकरमा लुगा राखी, त्यसै माथि सुती रह्यो ।
पीठमा घर्तिनीमाको, बुई चढी घुमी रह्यो ।

जाने मामा घरै गर्थ्यो, बुई चढी अघीसरी ।
खाली पीठ पनी बसी, गर्थ्यो यात्रा अघीसरी ।

टुकुटुकु गरी हिन्दै , नाच्दै आँगनमा लडी ।
लडीबुडी गरी माटो, दली बदनमा बढी ।

रंगी चंगी बनी हिन्थ्यो, हाँस्दथ्यो उ सदैभरी ।
खान मान्दैन त्यो भात, घोटेको दूध खै भनि ।

पिताको काखमा बस्दै, घोँडाको पीठमा चढी ।
गाऊँ बेँसी सदा गर्थ्यो, कोर्रा नै हातमा लिई ।

‘मातायस्य उमा देवी, पिता यस्य तु शंकर ।
बाहानो मुषको यस्य, गणेशाय नमो नम: ।

पिताको मुखबाटै ज, पहिलो पाठ यै सिक्यो ।
उसले गाउँदै हिन्थ्यो, कण्ठस्थ आज नै छ यो ।

लाग्यो घोक्न बसी चण्डी, दुर्गा कवच नै पनि ।
पाठशाला कतै छैन, घोकियो घर मै बसी ।

सकी सप्तशती पूर्ण, हिन्यो नेपाल पढ्न नै।
चार भन्ज्याड.भित्र नै, थियो नेपाल सीमितै।

थियो रक्सौल उत्रेको, हो भारतीय रेलमा ।
एक्का एक चढी छिट्टै, भित्रियो बिरगँजमा ।

छिर्न नेपाल भित्र त, राहदानी ज चाहिने ।
बडा हाकिमले दिए, मात्र त्यो होछ पाइने ।

सिपारिस नभै हुन्न, बडा हाकिम भन्दछन् ।
त्यो नि जागिर खानेको, मात्र ल्याउनु भन्दछन्।

श्री तीन कै आफ्नै हुन्थे, बडा हाकिम मानिस ।
राज्य शक्ति लिएका ती, उनकै भक्त मानिस ।

चिन्ने जान्ने कुनै छैन, कसलाई गराउने ।
छैन सिपारिसै गर्ने ,कहाँ पाएर ल्याउने ।

भन्दै खडा भयो त्याहाँ, बडा हाकिम मम्मुख।
माग्यो प्रवेश पत्रै ज, भन्यो हेरेर नै मुख ।

बडा हाकिमको प्रश्न , आएको किन लौ भन ।
पाल्पाबाट छु आएको, पढ्ने काम लिई मन ।

शिर पाउ सवै हेरी, भने लौ पढ्न जाउ त ।
पढि लेखी ठुलोभई, फर्केर घर नै जाउ त ।

घस्रिे घस्रि चलेरै त्यो, बालक रेल बल्लत ।
ल्यायो बोकी बलैले, हो अमलेख गन्ज त।

बसमा नै बसी फेरी, भिम फेदी पुगे पछि ।
मीठो भोजन खाएछ, बाह्र पैसा तिरे पछि ।

खाई पेटभरी फेरी, लहरै भूमिमा सुती ।
उकालो मार्ग नै उक्ल्यो, आधा नै रातमा उठी ।

गाडी मानिस बोक्ने त, देखेको उसले थियो ।
मानिसले ज बोकेको , उकालोमा त देखियो ।

प्रवेशाज्ञा त जाँच्ने नै, उकालै पथमा थियो ।
थिएन डर नै कत्ती ,सोधेको उत्तरै दियेा ।

आउने काम नै सोधी , प्रश्न केके गरे पछि ।
निकाश द्वार खोले ती, पढ्न जाने भने पछि ।

चढेर फेरि ढाडै नै, माथि चन्द्रागिरी पुगी ।
श्री पशुपति नाथैको, दर्शन उसले गरी ।

झरेर तल ओराली, थानकोट पुगेछ नि ।
त्यहाँ खडा लरीचढी, टुँडीखेल पुगेछ नि ।

दुई हज्जार पाँचैमा, यात्रा प्रथम त्यो थियो ।
नेपाल टेकेर बास, पुतली सडकै थियो ।

चारभन्ज्याड॰ भित्रै नै, थियो नेपाल सीमित ।
भिषा बिना पथै बन्द , द्वारपाल असीमित ।

थियो ताहाचलैमा नि, आधारस्कुल नै त्यहाँ।
कापी किताब बोकेर , लागेछ जान नै त्यहाँ ।

खेतमा धान रोप्ने नै, खेतीपाति सिकाउने ।
कोदाली खन्न लाएर, राणा शासन थमाउने ।

त्यस्ता काम त घरैमा, देखेको नै थियो कति ।
त्यसैलाई यता आई, कालको किन हो खति ?

लाग्यो सर्न त केटो नि, दरवारस्कुलैतिर ।
थाल्यो घोक्न त कौमुदी,बसी गुरु अगिल्तिर ।

राणा कांग्रेस लड्ने नै, हल्लाभयो सबै तिर ।
डराई मनमा केटो , पर्क्यो आफ्नै घरै तिर ।

केही दिन घरै बसी, पढ्न भनी हिनेछ त।
काशी जाने थियो लक्ष, नौतनवाँ बसेछत ।

थाल्यो अध्ययनै गर्न ,शुरु कक्षा छमा बसी ।
आउँदैन थियो हिन्दी, सुन्दथ्यो चुप नै बसी ।

इतिहास र भूगोल, गर्छ कण्ठ ज हिन्दी नि ।
ऊ थाल्यो बोल्न हिन्दी नि, अशुद्ध हुन्छता पनि।

पाठ्य पुस्तक घोक्थ्यो ऊ, राम्रै गणित नै थियो,
वार्षिक जाँचमा केटो, कक्षा प्रथम नै भयो ।

सात कक्षा समेतैमा, अंक सर्वाधिकै थियो।
गति दशै कक्षासम्म, बढेको ज बढ्यै थियो ।

वाराणसीतिरै लागी, उच्च शिक्षा लियो अनि ।
विज्ञ कानून व्याख्याता, भयो विद्वान नै पनि ।

मुद्दाहरू त ल्याप्चेका, किर्ते नै धेर देखियो ।
सहीको यकिनै गर्न, सक्दैन उसले थियो ।

लाग्यो भारत सिक्नै त्यो, विषेश तालिमै लिन ।
विषेशज्ञ बनेरै ज, सत्य तथ्य बुझी लिन ।

तथ्य यकिन गर्दा नै, भन्नु पर्दा कसो गरौँ।
न्याय दिने दिलाउने, सबै जान्न यसो गरौँ ।

बाँड्यो ज्ञान उसैले, लेखेर लेख धेर नै ।
न्यायदूत र कानून, पढे खोजेर धेरै नै ।
छ लिखत परीक्षण , विज्ञान छापिएर नि ।

छ ‘लिखत परीक्षण, विज्ञान’ छापिएर नि ।
भन्छ कानून संकाय, पढ्नु पर्छ है यो पनि ।

हो न्याय पालिका बाटै, न्याय सबै दिलाउने ।
नीर क्षीर गनी भिन्न, न्यायाधार दिलाउने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *