नभ वायु ताप जल ,थल यो जगत सब ।
ब्रह्म सन्तान फगत,पन्च महांभूत सब ।
नभ अचल सदा नै, साक्षी बनी हेरी रही ।
मूक दर्शक भएर, बसेको केही नगरी ।
जेठो नभ कान्छो थल,बीचका तीन चन्चल ।
वायु ताप जलहरू ,ज्यादै गर्ने हलचल ।
पाँच भाइमा कान्छो, दुर्बल रहेछ थल,
बीचका तीनले दिने , दु:ख कान्छैलाई सब।
बैशाक जेठ आयो, वायु वेग सताउने ।
हुरी बमण्डर बनी,कान्छाको नै उडाउने ।
असार साउन आयो, जल वर्षा गरी धारै ,
कान्छै माथि खन्याएर ,दिने दु:ख धेर सारै ।
लेदो हिलो दलदल , थलथल नै बनाई ।
जड चेतन जीवात्मा, जलले लग्ने बगाई ।
पहाड पर्वत खनी, निवास जीवको पनि ।
थलचर बनचर, लग्दछ पहिरो बनी ।
तल समतल झरी, उम्लिने सागर सरी ।
घरबास डुबाउने, उर्लने घमण्डै गरी ।
तताएर ताप आगो, डढेलोले डढाउने ।
फागुन चैत महिना, आउँन हुँदै नहुने ।
ब्रह्मका सन्तान पाँच, स्वभाव भिन्न असाध्य।
मानवका त मान्यता, फरकै हुन्छ साध्य ।
योग क्रिया साधन हो , साध्य हो आत्म दर्शन ।
शास्त्रीय वेद पुराण . साधन षड दर्शन ।