Skip to content


छन त
खाली यी नीला सागर छन्
जसमा सलबलाइरहेछन् अनेक दुःखहरू
यो विरही क्षितिज छ
र केही उदास गीतहरू छन्
जो, तिम्रो सम्झनामा अनायसै आइदिन्छ

विमला तुम्खेवाका कविता पढ्नेले आफ्नै छायाँ पाउँछ । कवितामा बोल्ने मान्छे आफैं हो कि झैं ठान्छ । यस्तो किन भने उनका कवितामा जीवनका सातै रंग । भोग्दा जिन्दगी इन्द्रेणी हँुदैन । कुनै रंग धुमील हुन सक्छ । जिन्दगीको त्यो धुमलिएको रङ विमलाका शब्दमा भेटिन्छ ।

जिन्दगी झल्काउनु साहित्यको विशेषतै हो । उनका सिर्जनामा पनि यो छ । उनी कवितामा जिन्दगी उतार्न सफल छिन् । भोगाइ र बुझाइलाई साझा बनाउन सफल छिन् ।

मान्छे, सपना भत्किएपछि मुक्त हुँदोरहेछ
यो ब्रह्माण्ड जस्तै रहस्य बोकेर
रुझिरह्यो एउटा आकाश
रुझिरह्यो एउटा झरी
रुझिरह्यो कसैले अधुरो छोडेको गीत

हालै छापिएको ‘संस्मरण एउटा बूढो रूखको’ मा विमलाका यस्तै रमाइला तर अनुभले निथ्रुक्कै भिजेका ४६ कविता छन् । सबै कविता ओझपूर्ण छन् । पुस्तक पल्टाएर जुन लाइन्ा पढे पनि उत्तिकै दमपूर्ण लाग्छन् । यिनी नयाँ पुस्ताकी पुरानी सर्जक हुन् । दर्शनपूर्ण प्रेम कविता लेख्न उनी मन पर ाउँछिन् जस्तो लाग्छ, उनको कविता पढ्दा । संग्रहमा पनि यही भाव पाइन्छ, अधिकांश कविता प्रेममय छन् । उनले बुझेकी छिन्, जीवन सम्पूर्णताको अर्को नाम होइन । उनले लेखेकी छन्, जीवनमा सँधै सबै सँगै रहँदैनन् । तब त चोट पाइन्छ, कविता जन्मिन्छ ।

उनका कवितामा ‘अधुरो गीत’ र ‘छली’ बढी नै दोहोरिएका छन् । एकपटक लेखेर धित मरेन कि ? शब्दैमै नआए पनि भाव प्रायः कवितामा यस्तै पाइन्छन् । सायद कवितामा सबैभन्दा बढी लेखिने विषय प्रेम हो । तर यसलाई जीवन्त रूप दिन अरुरू कविता लेखन भन्दा कठिन हुन्छ ।

म, झूट बोल्न चाहन्न
कि, साँच्चै माया गर्न मुटु चाहिँदोरहेछ

यो उनको तेस्रो पुस्तक हो । २०५५ मा ‘विमला तुम्खेवाका कविताहरू’ र २०६० मा ‘नदी छाल र तरंगहरू’ आइसकेका छन् ।

आफू उभिएको जमिनसँग नाता जोड्ने अन्य विषयमा पनि उनले सशक्त कलम चलाएकी छन् ।

‘ब्रह्मपुत्रको किनारमा उभिएर’ जस्ता कवितामा देशप्रेम छ । नागरिकको हिसाब किताब खोजेकी छन् विमलाले । कति ठाउँमा कविले नारी वेदनालाई पनि भित्रदेखि उजागर गरेकी छन् । जस्तो, ‘हजार सपना र मनमाया’ मा छ ।

……………………

मनमाया उभिएकी छे
कहिल्यै नसकिने प्रश्नै प्रश्न भएर

उनका कविता सरल र सुन्दर छन् । कुनै वादको पछाडि दौडिएकी छैनन्, उनी ।

पुस्तकको पुछारमा तोया गुरुङले लेखिदिएकी छन्, ‘कविता यस्तै हुनु पर्छ भन्ने मेरो आफ्नै सोचाइमा पर्नुभयो विमलाजी ।’

पुस्तक पढेपछि विमलालाई यसो भन्ने अरू पनि होलान् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *