Skip to content

अतृप्त ईच्छा


छुँदै चन्द्र टेकौं उताबाट तारा ।
उडौं लाग्नु फेरी उ व्रह्माण्ड सारा ।
पुगौं स्वर्ग कैले र पाताल झर्नै ।
हुनै रैछ ईच्छा म मर्दै नमर्ने ।।

म सारा त सन्सारको मोज पाऊँ ।
मिठा हुन्छ जे जे परीकार खाऊँ।।
मिलोस् पूर्ण सन्तुष्टि पीडा नपाऊँ ।
धरामा हुने चीज आफ्नै बनाऊँ ।।

बनुन् दासदासी अरु व्यक्ति जानून् ।
नटेरुँ कुनै ती कडा शव्द कानून् ।।
सुरा पान ली सुन्दरीको फकाऊँ ।
नयाँ स्वाद चाख्दै सबै दिन् विताऊँ ।।

नलागोस् म देखी ठुलो हुन्छ कोही ।
सकूँ भाँच्न दारा समाएर गोही ।।
उ हात्ती र गैंडा डराउन् म देखी ।
म मुक्का बजारौं कि भालू लखेटी ।।

कुनै पीर चिन्ता कहिल्यै नआओस् ।
म सुत्दा त निन्द्रा उ टाढा नजाओस् ।।
कुनै घात मेरो सोच्दै नसोचोस् ।
र पाऊ छिचोलेर काँडा नघोचोस् ।।

यहाँ गर्छ ईच्छा नजानेर मान्छे ।
लुकी काल आई समातेर तान्छे ।।
विते काल लाखौं कहाँ पूृर्ण ईच्छा ।
मरीजान्छ खै जिन्दगीको सदिच्छा ।।

छन्दः भुजंगप्रयात
गणः य य य य १२२ १२२ १२२ १२२

Leave a Reply

Your email address will not be published. Required fields are marked *