Skip to content

धरोहर मन्थली


सुन्दर सौम्य र हराभरा कठै ! मन्थलीका फाँटमा
शिक्षा, सभ्यता र उन्नति जुटे गरौं सबै आँटमा ।

ज्ञान पाई अघि लम्केका ती, लौ छोरी बुहारी माझ
योग्य, कर्मठ अन्य प्रतिभा बहुत्, आए निखारी अँझ ।

भो, त्यागौं अल्छी र पछौटेपना उठौं सब व्यस्तरी
चित लागे देश बन्दछ सबैजना, झैँ सर्वैसर्वा गरी ।

ल्यायो हामीमाझ सत्ज्ञान्ले बढाउँदै नाना प्रकारका विधि
जमाना पनि आयो लौ अब ता, फैलिँदो छ यो प्रविधि ।

थुकतेल गरीकन सन्तति शिक्षा, जो बढाऊँ लगानी कन
जोजो संस्कार र विद्या दिने जनक हुन् ती मान्दछु सज्जन ।

सीप, इलम, ज्ञानभक्ति सिकने र बढ्ने उमेर जाँदैन कवै
परदेश र दूरदेश सबै विषयको ज्ञान बन्ने ताजा सधैं ।

यति विन्ती गर्दछु म आज यहाँ देवी र सज्जन महाँ
यो विद्यार्थी जीवन बिती गयो, खोजौं म अहिले कहाँ ?

जगदीश सुवेदी
पूर्व विद्यार्थी, बिएड्, शिक्षा संकाय,
मन्थली क्याम्पस, मन्थली, रामेछाप ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *