Skip to content

मृत्यु (गीति कविता)


ठेगाना मेरो टाढा छ भनी गन्तब्य चाहार्छु,
आजाद पञ्छी बन्नका लागि मरण सपार्छु ।
संसार पारि हुन्छ नि तब बहार सफर,
त्यहीँ नि पुगी मृत्युमा हुन्छ जीवन हरर ।

यस्तोमा मृत्यु गर्दामा फेरि बन्धन तर्दछ,
अबश्य हुन्छ यस्तो ले सदा आनन्द भर्दछ ।
प्रभात सदा ल्याएर यत्ति सुरम्य पार्नुछ,
साँझ नै ढले अँध्यारो सदा तेजले बार्नुछ ।

सरल दीन कठिन भए असत्य मौलायो,
असल गर्ने पौरखी कैद भलाइ बौलायो ।
यहाँ छ सदा असत्य घडा घुक्र्याई छलाई,
यो जन्म त्यागे सफल क्रान्ति लाग्दछ मलाई ।

दिलले भन्छ पौरखी छाती मर्दले न्याकेर,
आँखामा मस्ती ल्याएर भाँती जीवन त्यागेर ।
बन्धन तोडी सुयुग यात्रा स्वर्गको जनम,
अगाढ प्रेम भरेर जाऔं यो यात्रा स्वर्णीम ।

लय :– ३+२ बिश्राम ३+२ विश्राम ३+३ विश्राम जम्मा १६ मात्रा असारे लय

२०७३ असोज १६
बिजु सुवेदी “विजय”
भक्तजनमार्ग, काठमाण्डौं ।
[email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *