Skip to content


देशको सीमा काटेपछि
स्वतः अनुपस्थित छु म
मतपत्रका स्वस्तिक छापहरूमा ।

मेरा विचारहरू
छिराओस् सिंहदरवार
तिम्रा घोषणाका टेपरिकर्डर
सुनाओस संसदमा
र, फेरियोस् एउट कथा,
कम्तीमा तुरुन्तै सम्भव छैन ।

मैले चाहनुु र नचाहनुमा
केही फरक पर्नेवाला छैन
तिम्रो बहुमत र विजयको अँकगणितमा
म अँझै गयल छु
मतदाता नामावलीमा
मजस्ता लाखौं अदृश्य मतदाताहरू
तुरुन्तै लाइन हाल्दैनन् मतदानमा
जसले उल्टाओस परिणाम !
एउटा “नटभ्यालिड” मत
नपुंसक भएको छ यो युगमा ।

मेरा शासक !
कुम र कम्मर मर्काएर
तिमी नाच,
र जतिसुकै मीठो भाखामा
बजाऊ बाँसुरी
म नाच्न सक्तीन सपनाहरूमा
त्यहाँ भेटिन्छन—
रगतका रोदनहरू, लाखौं झूटहरू
एकहदमा भन्नुपर्दा
तिम्रो नाच
प्रहसन हो मेरो व्यंग्यशालाको
जहाँ भेटिन्छन केवल जीवनका ठट्टाहरू ।

विजयको एउटा मत !
परेर समयको नसबन्दीमा
बेवारिस डुल्दैछ
लुभेनका गल्लीहरूमा ।

दीपेन्द्र के.सी.
बागलुङ, हालः लुभेन बेल्जियम ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *