Skip to content

यो बेला किन हो


यो बेला किन हो वसन्त ऋतु यो अाएर बल्झाउँछ
बिर्सेकाे इतिहासका पलहरु ल्याएर अल्झाउँछ
एक्लो बस्न सकिन्न मुस्किल भयो अाएर सुल्झाउनू
एे‌सेलु जब अाउँछौ तिमी यता सोली भरी ल्याउनू ।।

एक्लै जीवन यो बिताउनु पर्यो मेरै भयो दुर्गति
प्रीतीका मनमा प्रवाह बहँदा राेकिन्न अाँसु रती
जे जे हुन्छ हुँदै गरोस् अब म ता फर्कन्छु अाफ्नै घर
मायालुसँगका मिठा क्षणहरु काे भुल्न नै सक्छ र

हाम्रो जीवनका मिठा क्षणहरु बिर्सन्न बिर्सन्न है
मेटे तापनि भावका लयहरु मेटिन्न मेटिन्न है
बाँकी जीवन भाेगको रहरका ताजा तरेलीहरु
अाएँ अाउन ता लिएर अहिले चिसा परेलीहरु ।।

हाम्रोमा सुखशान्तिका पलहरु मेटीरहेकाे थिए
मै जस्ता कति धेर जङ्गल लगी रेटीरहेका थिए
त्यस्ता जङ्गली भित्रका हृदयमा के फल्न सक्ला फल
मान्छेको रुपका निशाचरहरुकाे काम नै हो छल ।।

एे‌सेलु वनमा झपक्क सँगले पाकीरहेका हुनन्
पाखामा वनमा र खेतडिलमा झुत्तिरहेका हुनन्
मेरो दृष्टि जता जता तिर पुगोस् हेर्दा त्यतै देखियून्
हेर्ने चाह भयो जता तिर त्यतै अाँखाहरु पोखियून् ।।

हाँगा तानी सकिन्न टिप्न सहजै काँडाहरु बिझ्दछन्
पक्का कानुनले सुरक्षित गरे कस्ले थिती मिच्तछन्
मैेले चाख्न समेत पाइन यहाँ साेली बनाऊँ कता
एे‌सेलु रुखबाट टिप्न नसकी छाडेर अाएँ म ता ।।

1 thought on “यो बेला किन हो”

  1. सुन्दर कविता होम सर !
    प्रकृतिको लीला र मानवीय जीवनका वास्तविकता एक
    साथ प्रस्तुत भएको सुन्दर र रसिलो प्रस्तुति

    —–को पाठक बन्न दिनुभएकोमा हार्दिक धन्यवाद तथा तिरहत्तरे दशहराको
    शुभकामना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *