वसन्त पुष्पितै पुष्प, झारेर ग्रिष्मैले पनि,
इन्द्रको कोपमा पर्दै , सागर मैं पुगे पनि !
पुण्यात्मा साथ नै हुन्छ, त्यसैले पूर्व सम्झना।
पूर्व तथ्य सवै आज, दृष्य सन्मुख आउँ छ ।
एक्लै बस्न कतै कुनै, पर्दैन निर्जनै तिर।
पर्दैन आत्तिन कत्ति, आफ्नै छायाँ सवैतिर ।
काँडाले घोंच्दछन् छाला , ऐसेलु स्वादिलो रस ।
विर्साउँछ सवै कष्ट ,मीठो त्यो पोसिलो रस।
साथि लिएर जाँदैनौँ, साथि थिएन आउँदा ।
केही बोकेर जाँदैनौँ, केही थिएन आउँदा ।
डेरामा नै बसेका छौ, फर्कनु घर पर्दछ,
फर्कँदा चाहिने केही, बाटा खर्च नि पर्दछ ।
गरी जीवनमा कामै, केही आर्जन गर्दछ ।
पुण्य र पाप जोखेर, जो बढी हात पर्दछ ।
<<<<<>>>>>>