Skip to content

स्वार्थी राक्षस र स्वर्गका बालक

  • by


एउटा राक्षस थियो । उसको बगैँचा निकै राम्रो थियो । स्कूलबाट घर र्फकँदा केटाकेटीहरू राक्षसको त्यो बगैँचामा खेल्न मन पराउँथे । उनीहरू दिनहुँजसो यहाँ खेल्न आउँथे । बगैँचाको भुइँ हरियो दुबोले ढाकिएको थियो । बगैँचाका ठाउँठाउँमा सेता फूलहरू फुलेका हुन्थे मानाँै ती फूलहरू केटाकेटीहरू खेलेको हेरिरहेका थिए । त्यो बगैँचामा बाह्रवटा आरूका रूखहरू पनि थिए । वसन्त ऋतुमा ती आरूका रूखहरूमा सेता र गुलाफी रङ्गका राम्रा-राम्रा फूलहरू फुल्थे । शरद ऋतुमा लटरम्म आरू फल्थे । रूखमा आई चराहरू रमाई-रमाई गीत गाउँथे । केटाकेटीहरू चराका गीत सुनेर खेल्न पनि बिर्सन्थे । उनीहरू भन्थे, “कति रमाइलो, हामी कति खुसी छौँ यहाँ!”

त्यो बगैँचाको मालिक दुष्ट राक्षस आफ्नो साथीलाई भेट्न कर्नवाल -बेलायतको एउटा स्थान) गएको थियो, त्यसैले केटाकेटीलाई बगैँचामा खेल्न रोकतोक थिएन । साथीकहाँ सात वर्ष बिताएर त्यो राक्षस एक दिन आफ्नो घर फक्र्याे । आफ्््नो घरको बगैँचामा केटाकेटीहरू खेलिरहेको देखेर राक्षस रिसले चुर भयो । उसले खेलिरहेका केटाकेटीहरूलाई खेदेर बाहिर पुर्‍यायो । आफ्नो बगैँचामा अरू आएको उसलाई मनपर्दैन

थियो । उसले बगैँचालाई घेरेर अग्लो पर्खाल लगायो । अब बाहिरबाट पनि बगैँच्ाा नदेखिने भयो । केटाकेटीहरू खिन्न भए । उसले ठूलोठूलो अक्षरमा “यहाँ पस्नेलाई सजायँ गरिनेछ” भनेर लेखेर राख्यो ।

केटाकेटीलाई खेल्ने ठाउँ पनि थिएन त्यसैले उनीहरू सडकमा खेल्थे । सडकमा धूलो र खुट्टा बिझाउने गिर्खाहरू भएकाले उनीहरूले त्यहाँ खेलेर रमाउन सकेनन् । अब उनीहरू स्कुलबाट र्फकेपछि बगैँचाको पर्खाल वरिपरि घुमेर बगैँचाभित्र खेलेर रमाइलो गरेका दिनहरूको कुरा गरी ‘त्यतिबेला हामी कति खुसी थियौँ’ भनी आपसमा कुरा गर्थे ।

राक्षसले केटाकेटीहरूलाई पस्न नदिएपछि त्यो बगैँचामा वसन्त र शरद ऋतुहरू पनि आउन छाडे । त्यहाँ सधैँ जाडोको मौसम मात्र रहन थाल्यो । जहिले पनि हिँउ नै हिँउ । आरूका रूखमा कहिल्यै फूल फुलेनन् र फल पनि लागेनन् । चराहरू पनि त्यहाँ गीत गाउन आएनन् । हरियो दुबो पनि सेता हिँउले ढाकिएकोले फूल पनि फुलेनन् । उत्तरी चिसो स्याँठ चलिरहन्थ्यो । बगैँचा कुरूप देखिन थाल्यो । राक्षसलाई वसन्त ऋतु उसको बगैँचामा किन आएन भन्ने कुरा थाहा थिएन । ऊ पर्खेर बस्यो । गाउँभरि नेै वसन्त र शरद ऋतु आए, गए तर उसको बगैँचामा र्फकेर पनि आएनन् ।

राक्षसलाई धेरै नरमाइलो लाग्यो, वसन्त र शरद ऋतु नआएकाले । एक दिन बिहानै उसले ओछ्यानमै मीठो सङ्गीत सुन्यो । उसले यस्तो सङ्गीत नसुनेको निकै समय भएको थियो । यो आवाज एउटा चराले उसको झ्यालमा आई गाएको थियो । त्यो चरा गीत सुनाएर गयो । अकस्मात उसको नाकमा सुगन्ध पस्यो । ‘यो त वसन्त ऋतुको सुगन्ध हो’ उसले चाल पाइहाल्यो । अब चिसो स्याँठ पनि बन्द भएको थियो । ऊ खुसी हुँदै ओछ्यानबाट हत्तपत्त उठेर झ्यालमा गई बगैँचामा हेर्‍यो ।

त्यहाँको दृश्य देखेर राक्षस दङ्ग पर्‍यो । केटाकेटीहरू पर्खालको सानो प्वालबाट छिरेर बगैँचामा आएका थिए । उनीहरू त्यहाँ रमाएर खेलिरहेका थिए । प्रत्येक रूखका हाँगामा केटाकेटीहरू रमाइरहेका थिए । रूखहरू पनि केटाकेटीहरू र्फकेकाले खुसी थिए र फूलहरू झपक्कै फुलेका थिए । चराहरू यताउति उडेर गीत गाइरहेका थिए । तर बगैँचाको पर कुनामा रहेको एउटा आरूको रूखमा चाहिँ वसन्त आएको थिएन । त्यहाँ अझै पनि चिसो हावा बगिरहेको थियो । त्यो रूखमुनि सानो बालक रूख चढ्न नसकेर रोइरहेको थियो । ऊ ज्यादै सानो भएकोले रूख चढ्न सकेको थिएन । त्यो दृश्य देखेर राक्षसलाई निकै ननिको लाग्यो । बालक रोएको देखेर उसले सहनै सकेन । अब ऊ सज्जन बनिसकेको थियो । उसको कठोर मन पग्लिसकेको थियो । उसले अब थाहा पायो, गाउँमा वसन्त र शरद ऋतु आउँदा पनि ती किन उसको बगैँचामा पसेनन् । राक्षसले आफ्नो स्व्ाार्थीपनमा पछुतायो । उसले ती अग्ला पर्खाल भत्काएर सबै केटाकेटीलाई खेल्न अनुमति दिने निश्चय गर्‍यो । ऊ बगैँचामा ओल्र्याे । उसलाई देखेर सबै केटाकेटीहरू डराएर त्यहाँबाट भागे । केटाकेटीहरू भागेपछि फेरि त्यहाँ ठिहिर्‍याउने जाडो भयो, हिँउ पर्न थाल्यो ।

त्यो सानो बालक भागेन किन भने उसको आँखा आँसुले भरिएकोले राक्षस आएको देखेन । राक्षसले पछाडिबाट बालकलाई बोकेर रूखको हाँगामा चढायो । तत्कालै रूखमा फूल फुल्यो, चराहरू पनि आएर गीत गाउन थाले । सानो बालकले राक्षसलाई अँगालो मारेर म्वाई खायो । यो देखेर भागेका सबै केटाकेटीहरू र्फकेर खेल्न थाले, बगैँचामा वसन्त ऋतु पनि फक्र्याे । हरिया चउर, सेता र गुलाफी फूलले ढाकिएका आरुका रूखहरू राम्रो देखियो । दिउसो गाउँलेहरूले त्यही बाटोबाट हिँडदा राक्षस केटाकेटीहरूसँग खेलिरहेको देखे । राक्षसले पर्खाल भत्काइसकेको थियो ।

त्यस दिनदेखि केटाकेटीहरू स्कुलबाट र्फकेपछि बगैँचामा खेल्न थाले । राक्षसले बगैँचामा खेल्न आउने सबैलाई हेर्‍यो । उसले त्यो सानो बालकलाई देखेन । त्यो बालकको विषयमा उसले केटाकेटीहरूसँग कुरा गर्‍यो तर कसैले पनि ऊ को थियो र अहिले कहाँ छ भनी बताउन सकेनन् । हरेक दिन राक्षस त्यही बालकलाई खोज्थ्यो तर त्यो बालक फेरि कहिल्यै देखा परेन । यसरी धेरै वर्ष वित्यो । अब राक्षस बूढो पनि भयो । केटाकेटीहरूसँग खेल्न नसक्ने भएर ऊ बगैँचामा ठूलो आरामदायी मेचमा बसीबसी केटाकेटीहरू खेलेको हेरी आनन्द लिन्थ्यो । ऊ मनमनै भन्थ्यो ‘केटाकेटीहरू साँच्चै राम्रा फूलहरू हुन् ।’

एक दिन उसले त्यही सानो बालकलाई बगैँचाको एक कुनामा उभिइरहेको देख्यो । बालक उभिएको रूखको हाँगा सुनको र फल चाहिँ चाँदिको देखिन्थ्यो । राक्षस निकै खुसी भयो । उसले वषार्ंैदेखि पर्खेको बालक आज देखियो । राक्षस एकै सासमा बगैँचामा पुग्यो । बालकको नजिक पुग्दा उसलाई निकै आनन्द आयो । राक्षसले सोध्यो, “तिमी को हौ ?” बालकले भन्यो, “एक दिन तिमीले मलाई बोक्यौ, रूखको हाँगामा राख्यौ र बगैँचामा आनन्दले खेल्न दियौ, अब म तिमीलाई मेरो स्वर्गको बगैँचामा लैजान्छु ।”

भोलिपल्ट केटाकेटीहरू बगैँचामा खेल्न जाँदा त्यहाँ राक्षस मरिरहेको र उसको शरीर फूलैफूलले ढाकिएको देखे ।

(अंग्रेजी कथाकार ओस्कार वाइल्डले लेख्नु भएको कथाको संक्षिप्त रूप)

Leave a Reply

Your email address will not be published. Required fields are marked *