Skip to content


हिन्दूको लागि आयो रे ! चाड दशैं र तिहार
हे ! दिदीदाइ बजाऊ ताली भाँच न कम्मर ।
आशीष लिन आफन्त भेट्न जँघार तरौं है !
महान् चाड राम्ररी मान्न मदिरा रोकौं है !
राजै जंघार तरौं है !

जुवा र तास गर्छ है ! नाश यो चिज नखेलौं
मदिरा पिई हे ! दाजुभाइ झगडा नगरौं ।
गाऊँ न गीत बजाऊँ ताली, कम्मर कसिलो
खेलौं न पिँङ लगाऊँ टीका, मुहार हँसिलो ।
साँच्चै कम र कसिलो

विदेश जाने अन्यत्र जाने फर्केर आउन
महान् चाड मान्नका लागि सम्झेर आउन ।
हे ! दाजु भाइ आखिर गयौ लक्ष्य नै मोडेर
पत्थर मुटु बनाई गयौ यो देश छोडेर ।
दाजु लक्ष्य नै मोडेर

आफन्त तिमी सुनका थैला लिएर आउला
भनेर गयौ घरको छाना सुनले छाउँला ।
सम्झाए मैले बुझाएँ मैले कविको हरफले
बुझाएँ मेले बुझेनौ तिम्ले कडा त्यो मनले ।
साथी कविको हरफले

हातका मैला सुनका थैला के गर्नु धनले ?
साग र सिस्नु खाएको बेस आनन्दी मनले ।
कविता मैले सुनाएँ हेर ती लक्ष्मीप्रसादको
यो पद्य सुनी तिम्लाई हाँसो खुल्यो है ! भ्रमको ।
साँच्चै ती लक्ष्मीप्रसादको

जे भए पनि फर्केर आऊ यो चाड सम्झेर
आफन्त तिम्रो जिद्धीले गर्दा गयौ है ! छोडेर ।
ईश्वरले हेरे यो मुटुबाट नेपालको हालत
ईश्वरले हेरे यो मुटुबाट जनताको हालत ।
कठै ! नेपालको हालत

ईश्वर तिम्रै भरोसा गरी बसेको छु आज
महान् चाड ईश्वरका लागि मनाउँछु यो साल ।
साँच्चै मनाउँछु यो साल

रामकुमार श्रेष्ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *