आशाका किरणहरू,जुर्मुराउदै आउछ
जब बिहानिको,घाम उदाउँछ ।
अनि म खोज्छु,हराएका यादहरू
खोतल्दै हिजो,सबैथोक बताउँछ ।
अगाडि हेर,हिंड्नु छ धेरै पर
तिनै गगन चुम्ने,सपनाले सताउँछ ।
चुम्दै जादा सफलताको,शिखरलाई
फुरुङ्ग पर्दै अनी,यो मन रमाउँछ ।
फेरि थप्छ जिम्मेवारी,काधमा धेरै
कर्तव्यका हरेक,पाठ सिकाउँछ ।
रञ्जना न्यौपाने
चरिकोट,दोलखा