Skip to content

सुन रे सियाराम !


सुन रे सियाराम ! सुन रे सियाराम !
सुन रे सियाराम !
अब म तँलाई पर्खन्न अब म देहात फर्कन्न
सुन रे सियाराम ! सुन रे सियाराम !

सँगै सहर जाऊँ भन्दा रोएर मान्दै मानिनस्
भगाई दूर देश लैजान कहिल्यै जान्दै जानिनस्
जब म बसें गाडामा अन्तिम पल्ट दिएँ हात
तँलाई पिपल प्यारो भो मलाई तान्दै तानिनस्
अब तँ एक्लै खेत खन् अब तँ एक्लै माघी मान्
अब म तँलाई पर्खन्न अब म देहात फर्कन्न
सुन रे सियाराम ! सुन रे सियाराम !

आँसुको इनार जमे नि प्यार मेरो सच्चा छ
जीवन मेरो अच्छा छ पेटमें मालिकको बच्चा छ
अब म जान्छु थानामा अब म जान्छु अदालत
सरकार बस्ने सहर हो यो मैल्यै जित्ने पक्का छ
अब तँ एक्लै घुँघी टिप् अब तँ एक्लै माछा मार्
अब म तँलाई पर्खन्न अब म देहात फर्कन्न
सुन रे सियाराम ! सुन रे सियाराम !

सुन रे सियाराम ! सुन रे सियाराम !
अब म तँलाई पर्खन्न अब म देहात फर्कन्न
सुन रे सियाराम ! सुन रे सियाराम !

सुन रे सियाराम ! सुन रे सियाराम !

शब्द – श्रवण मुकारुङ
स्वर – मीना पोखरेल निरौला
संगीत – आभास

Leave a Reply

Your email address will not be published. Required fields are marked *