Skip to content

सक्छौ भने केही गर


सक्छौ भने केही गर ।
फूल झैं सुवास छर ।।

वेलैमा गर्नु पर्दछन् ।
छैन जिन्दगीको भर ।।

विदेशी किन बन्दछौ ।
छाडी नजाऊ न पर ।।

मुख ताक्दैछौ नेताको ।
उस्ले ठेक्का लेको छ र ।।

लाग युवा हो वेसरी ।
राष्ट्रको काँधमा धर ।।

हैन भने सिद्धिनेछौं ।
सकेको गर या मर ।।

हामीले मिलेर गर्दा ।
स्वर्ग बन्ला कि घर ।।

राज्य यो साझा सबैको ।
मिलेर पारौं सुन्दर ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *