Skip to content

कतै शहरसँग डर लाग्छ


कतै शहरसँग डर लाग्छ
तिम्रो रहरसँग डर लाग्छ

आउन त मन लाग्छ समीप
तिम्रो घरसँग डर लाग्छ

जति समीप आत्मीयताको
त्यो स्वार्थी भरसँग डर लाग्छ

हराएर कतै आफैभित्र
तिमीभित्रको डरसँग डर लाग्छ

नजिक बन्छ मेरो आत्मीयता
टाधिने झन परसँग डर लाग्छ

सुन्दर अल्पभाषी
-२ भाद्र २०७३

Leave a Reply

Your email address will not be published. Required fields are marked *