Skip to content

राजधानीमा नियात्रा विषयक विमर्श एवम स्रष्टा सम्मान कार्यक्रम

20161029_KumarKafle-News


२०७३ कात्तिक ११, काठमाडौं

प्रथम नियात्रा कृति प्रकाशन शतवार्षिकी सन्दर्भको स्मरणमा आयोजित नियात्रा विषयक विमर्श एवम स्रष्टा सम्मान कार्यक्रम प्रज्ञा -प्रतिष्ठानको पुस्तकालय हलमा प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।

उक्त कार्यक्रममा नियात्रा लेखनका शीर्ष व्यक्तित्व डा तारानाथ शर्मालाई सम्मान गरियो भने सम्मानित व्यक्तित्व ताना शर्माको बारेमा साहित्यकार श्रीओम श्रेष्ठ रोदनले जानकारी दिनु भएको थियो ।

तत्पश्चात नियात्रा साहित्यको सैद्धान्तिक परिचय र विश्व साहित्यमा यसको गति शीर्षकमा बलराम अधिकारी र नेपाली साहित्यमा यात्रा साहित्यको विकास शीर्षकमा नियात्राकार निर्मोही व्यासले संभाषण दिनु भएको थियो ।

उक्त कार्यक्रमको आयोजना समालोचना र निबन्ध विभाग नेपाल प्रज्ञा -प्रतिष्ठान र सहआयोजना नियात्रा समाज नेपालले गरेको थियो भने कार्यक्रमको अध्यक्षता प्राज्ञ ज्ञानु पाण्डेले गर्नुभएको थियो ।

– कुमार काफ्ले

Leave a Reply

Your email address will not be published. Required fields are marked *