Skip to content


हो ! म एक नारी हुँ
यो सारा पृथ्वीको,
म एक अस्तित्व हुँ,
फलामको सिक्रीले,
युग-युगदेखि बाँधिरहेछौ,
तिमी मेरो अस्तित्वलाई !
मेरा यी कोमल गोडाहरूमा,
सिक्री बाधेर तिमी,
नित्य गर्न भनिरहेछौ ?

युग युगदेखि,
मुखबाट थुतेर जीव्रो,
मलाई गाउन सधै,
लाइरहेछौ नयाँ गीत.
मेरा हातमा लगाइएको यी राता चुराहरू,
हतकडी हुन् कि चुरा हुन् ?
मेरा खुट्टामा बजिरहेको पायलहरू,
नेलहरू हुन कि पाउजु हुन ?

युग युगदेखि सोधिरहेछु,
म आफैसँग यी प्रश्नहरू ।
मेरा यी आँखाहरूमा तिमीले
युग युगदेखि,
भरेका सपनाहरू केबल,
सपना मात्रै थिएँ भ्रमका सपनाहरू,
यतिबेला म बुझिरहेछु,
सपनाको रहस्य आत्मा बिक्री गरेर,
बाचिएको जीवन स्वीकार छैन मलाई,
झुटटा सपना मुटुभरि साँचेर अब,
कदाचित हाँस्नु छैन मलाई |
म अस्तित्व हुँ यो सृष्टिको,
म जीवन हुँ यो धर्तीको,
सुन्यमा हराएर जाने छैन म !

म नारी हुँ यो संसारमा
मसँग छ्न हजारौ सुन्दर-सुन्दर सपनाहरू,
मलाई कुरुप सपना,स्वीकार छैन
कहिल्यै मलाई दासताको जिन्दगी,
स्वीकार छैन बुझ्यौ म नै अस्तित्व हुँ,
यो सृष्टिको म नै गौरव हुँ,
यो धर्तीको हो, मलाई स्वीकार छैन,
बन्धनमा बाधिएको जीवन र,
मलाई स्वीकार छैन,
रोई रोई लाचार भई बाँच्नु पर्ने जीवन ।

निशा अर्याल
इजरायल

1 thought on “नारी अस्तित्व”

  1. Your poem speak itself that
    Your poem speak itself that realty of women’s problem in our life but we should contract in a right point which is useful for u and your life radhe

Leave a Reply

Your email address will not be published. Required fields are marked *