Skip to content


दुखे पनि नदुखे झैँ, गर्नु पर्या छ,
ओइलिएर फूल झैँ, झर्नु पर्या छ ।
खडेरीमा सुकिराछ, सुस्क जिन्दगी,
डढेलोमा जलिकन, मर्नु पर्या छ ।

साथ माग्न हात दिएँ, फालिदिएछौ,
निर्मल देख्थेँ म तर, जाली थिएछौ,
छोडिदियौ साथ नै, तिमी टाढा जाऊ,
नकोट्याऊ घरी घरी, मुटु पोल्ने घाऊ,
जीवनदेखि बसाइँ सर्नु पर्या छ ।

नमेटिने दाग लायौ, मेरो मायामा,
बद्नामीको छाप लायौ, मेरो छायाँमा,
आँसु पिई बाँच्नु, बाध्यताको खेल,
कति गर्छस् दैव, मैमाथि झेल,
बैँस माझ जोगि भेष, धर्नु पर्या छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *