कहिले यी आँशु लुकाउदै रोएँ
कहिले यो सिर झुकाउदै रोएँ
साझ बिहान हर पल अतितलाई
कहिले सम्झदै घोक्रो सुकाउदै रोएँ
पीडा ब्यथाको जालोमा उन्निएर,
कहिले माँयाको डोरी फ़ुकाउदै रोएँ
चारैतिर बाट डसेपछी समयले
कहिले आफ्नै चित्त दुखाउदै रोएँ
हरेक पल उन्कै यादले सताउदा
कहिले किटेर दारा बुकाउदै रोएँ
डिल्ली प्रसाद खराल♥घायल♥
बिरेंद्रनगर चितवन,
हाल:मरुभूमिको छाती दुबई’
डिल्लीजी, ह्रस्व-दीर्घ र
डिल्लीजी, ह्रस्व-दीर्घ र भाषामा त्रुटीहरू छन् । सच्याएर राखेको तपाईंले पुनः पहिलेकै अवस्थामा फेर्नुभएछ 🙁