Skip to content

हुने खानेहरूको यात्रा

SurajLamsal


हुने खानेहरूको यात्रा विमान अनि कारमा छ
छदा खानेहरूको यात्रा वगर अनि झारमा छ

कसैको बास चुहिने झुपडीमा त कसैको बास
शहरको अति महँगा महल अनि दरबारमा छ

कोही मोज गर्दै झिलीमिलि रेष्टुरामा रमाउदा
कोही भोको पेटमा विनाटुकी अन्धकारमा छ

कोही कोट टाइमा लिफ्ट चढ्ने त कोही भने
झुत्रा पोसाक खाली खुट्टा अनकन्टारमा छ

रोग भोक र शोकसँग लड्दै कन्दरामा बस्ने
ती पीडितको मर्मै नबुझ्ने नै त सरकारमा छ

सुरज लम्साल
किहुँ ६ तनहूँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *