मझेरी आकर्षण
लग-इन (भित्र)
विधा सूची
म त लाहुरे
editor — Mon, 11/07/2016 - 04:15
दशैंमा रंगीन टीका थाप्ने
तिहारमा गलामा माला लगाउने
तिजमा लाखे बनेर हँसाउने
मिठो चोखो खाएर राम्रा लुगा लगाउने
मेरो पनि इच्छा थियो तर ...!
दशैंमा ममीलाई ढोगेर आशीर्वाद लिने
दाजुलाई ढोगेर शिक्षा लिने
दिदीबहीनिलाई ढोगेर दक्षिणा दिने
मेरो पनि इच्छा थियो चाडबाडमा घर फर्किने तर ...!
सके चौपारीको बर-पिपलमा पिङ हाल्ने
नसके चर्केपिङ र लूठो खेल्न
खोलापारी गैरी गाउँ जाने
बेलुकी देउसीभैलो नाच्दै नाच्दै घर फर्किने
मेरो पनि इच्छा थियो तर ...!
वसन्त याममा कोईलीसँग मित लाउने
बिहानी पख हिमाललाई हेरेर मुसुक्क हाँस्ने
तारेभीरमा गीत गाउँदै घाँस काट्ने
कालीको बहावसँगै सुसेली हाल्ने
मेरो पनि इच्छा थियो तर ...!
मैले राष्ट्रको लागि रेमिट्यान्स कमाउनु छ
परिवारको निम्ति रसामको जोहो गर्नु छ
खुकुरीको धारमा ज्यान राखी
ठूलो लाहुरे कहलिनु छ
मेरो पनि इच्छा थियो तर ...!
मैले लगानी गर्ने धन नपाएर हो
सानो पनि देशमा काम नपाएर हो
स्वदेशमै म बेरोजगार बनेर हो
गाउँ घर छोड्न म बाध्य भको हो
मेरो पनि इच्छा थियो तर ...!
एकदिन म राष्ट्रप्रमुख बन्नु छ
यो देशको काँचुली फेर्नु छ
बेसहाराको मनमा बस्नु छ
शोषकको राज्यमा आँधील्याउनु छ
मेरो पनि इच्छा थियो तर ...!
फर्कौं भो साथी हो कति बस्नु प्रवासमा
एकमुठी पानी खाई बाँच्न सिकौ स्वदेशमा
एकता फूल रोपौं बारीमा
मुक्ति जुक्ति खोजौं स्वदेश मै
मेरो पनि इच्छा थियो तर ...!
- 630 reads

सामाजिक सञ्जालमा
नयाँ प्रतिकृयाहरू
- appreciate
3 days 20 hours ago - आभार
4 days 15 hours ago - बहुत खुब कहिल्छि ।
1 week 15 hours ago - आभार प्रकट गरे
1 week 2 days ago - शब्द र भाव राम्ररी मिलाउनु
1 week 2 days ago - यति मीठो संस्मरणको लागि हृदय देखि नै धन्यवाद
1 week 3 days ago - सारै राम्रो पुस्तक, बधाई छ
1 week 3 days ago - किताब राम्रो रहेछ । बधाई छ
1 week 3 days ago - एकदम सान्दर्भिक
1 week 3 days ago - आज पनि उत्तिकै शान्दर्भिक छ्न
1 week 3 days ago
लोकप्रिय रचनाहरू
Today's:
- खहरेको भेल-रहेछ
- समयकाे धुन
- पछिल्ला रचनाहरू
- तिम्रो शुभ विवाहको उपलक्ष्यमा
- जन्मदिनको शुभकामना तिमीलाई
- मझेरी हिज्जे-संशोधन : शुद्ध नेपाली लेखौँ
- मझेरीमा लेख रचना प्रकाशन गर्दा..
- छोरीको जन्मदिनको शुभकामना
- कुकुर
- जन्मदिनको शुभकामना
- यसै गरी मिलोस तिम्रो माया
- विद्यार्थी हुँ म
- माया गर्ने भन्दा, धोका दिने मायालु प्यारो हुन्छ
- फेसबुकका शुभेच्छा र जीवनका वास्तविकता
- गजल ( बिर्सिएको छैन आमा )
- म पानी हुँ
- हाम्रो बारेमा
- भेषराज रिजालको पछिल्लो नियात्रा सङ्ग्रह बिसौनी वल्तिर
- देशभक्त हुँ म
- जुनेली रात
- शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन
- मिथिलाक किसान
- महलकी रानी
- जन्मदिनमा विद्यार्थीलाई मुना र युवामञ्च
- कोरोना भाइरस
- शुभ दिन बिहानीको
- काली
- प्रेम पाप होइन
- हिँड्छु
- सात मुक्तक (अहो! यो संसार अचम्मको छ)
Last viewed:
- यो मनको के भर हुन्छ
- सायद म मर्छु होला
- वास्तु शास्त्र:
- तीन मुक्तक (तिम्रो लागि, याद सधैं, बिर्सी मेरो याद)
- हामी आविष्कारक हौँ अन्धकार युगको
- छ दशकको यात्रा गरेपछि
- बा ! ढोका लगाएर बस्नु भोट माग्न आउदैछन्
- पर्यटकको पर्खाइ नारायणस्थान
- निष्ठुरीले झूटो कसम
- भिखारी
- मित्र
- कसो गरी आउँला माइती
- युगनायिका
- यो जिन्दगी खोइ कस्तो कस्तो
- धारे आरा लायो तिमीले
- छन्दमा लेख्न रहर भएर मात्रै हुँदैन - रमेश खकुरेल
- म र मेरो देश
- म एउटा घण्ट
- पुस्तक समीक्षा : युग उचाल्ने अक्षरकर्मीको अवसान
- साहित्यकार अमरको तीज गीत सार्वजनिक
- रूपनारायण सिंहको भ्रमर
- तीन मुक्तक (तिमी नभए नि)
- समाज सुधारक मंगलमान
- जन्म भुमी मेरो देशको"
- यो सपनीको रात थियो
- भानुजयन्ती बिशेष शृंखलाको रुपमा योकोहामामा गुन्जियो साहित्यिक माहोल
- चारिटा मैथिली हाइकु - २ (वन–जंगल)
- जुनेली रात पाएँ
- इसा छन मान्स
- यही देश मेरो
Post new comment