बग्दछ कसरी त्यो सुन्दर छहरालाई हेर
झनै शुन्दर त्यो पानीको फहरालाई हेर
बेला फेरिन्छ दिन फेरिन्न धुर्व सत्य कुरा
दोहोरीएर आउने बिहानी प्रहरलाई हेर
कर्मको फल मिठो हुन्छ, व्यर्थै किन बस्ने
गरिबी र अभावको त्यो कहरलाई हेर
भुतबाट वर्तमान, वर्तमानले भविष्य छ
मरी लानु के नै छ र सबै रहरलाई हेर
असम्भव त केही हुन्न आँटे सबै सम्भव
एकपछि अर्को ज्ञानको लहरलाई हेर
– झलक पाली ‘झरना’
लक्ष्मीनगर–३, जोरायल, डोटी
हाल : सिलगढी, डोटी