Skip to content

जान्दिन साहित्य तै पनि


जान्दिन साहित्य तै पनि, लेख्न मन लाग्छ ।
मिठा मिठा सपनाहरू, देख्न मन लाग्छ ।

केर्दै मेट्दै बल्ल तल्ल, मिलाउछु छेउटुप्पा
जानी-नजानी मनको बह, पोख्न मन लाग्छ ।

मिल्दैनन् कता कता, नून पिरो नमिले झै
नमिलेका तिनै ठाउँलाई, मेट्न मन लाग्छ ।

कहाँ छ होला यस्को, अन्तिम त्यो बिन्दु
हिड्दै जादा बाटो, त्यस्लाई भेट्न मन लाग्छ ।

आइपर्छन जिन्दगीमा, बाधा अबरोध धेरै
यिनै कलम चलाई त्यस्लाई, छेक्न मन लाग्छ ।

रञ्जना न्यौपाने
चरिकोट, दोलखा

Leave a Reply

Your email address will not be published. Required fields are marked *