Skip to content

तिमी बिनाको जिवनमा



तिमी बिनाको जिवनमा पाउनु के नै रहेछ र ?
सपनाको संसार मा आउनु के नै रहेछ र ?

उजाड र थकित यो गन्तव्य को यात्रा मा,
तिमी संगको साथ लाई धाउनु के नै रहेछ र ?

खुसी र उमंग को खोजी मा भौतारिदै,
तिम्रो नाम लिइ गाउनु के नै रहेछ र ?

साचेको मायां मा तड्पिनु को बिवसता.
अनि मन कलकलायेर छाउनु के नै रहेछ र ?

मुटु भित्र उठेका ई मेरा प्रश्न हरू,
तिम्रो तस्विर हेर्दै माया लाउनु के नै रहेछ र ?

राज भण्डारी (विवश)
दुबई युएई

Leave a Reply

Your email address will not be published. Required fields are marked *