को देखछ घाउ यो मुटु भित्र लुकेर वसेको
यही सत्य आज तिमी लाई भने मन्मा गडेको
म संग छ बेदना ठुलो अन्तरमा बसेको
न जर तिम्रो परेको छैन चेत छ लुकेको
सबैले खोज्छन गुलियो संसार जलप्ले बेरेको
को हेर्छ नागो यो मन मात्र मायामा अडेको
के मागों म के दीन्छौ तिमी संयोग परेको
उस्तै छ कि यही दील जस्तो वीरह फलेको
फक्रेर बस्न न पाइ घाम बादल्मा परेको
हास्न्लाई खोज्दा मुहार सारा आँशु मा डुबेको
बोल्न लाई खोजें यो मन भित्र उठेको वेदना
छातिमै अड्को निस्केन बाहीर भन्न लाई आटेको
को देखछ घाउ यो मुटु भित्र लुकेर वसेको
यही सत्य आज तिमी लाई भने मन्मा गडेको