Skip to content


नेपाल आमा ! सर्वदा साथ देऊ है मलाई
रूपझैँ आफ्नो सुन्दर पार कुरूप जलाई ।

साथमा तिम्रै नाचेर बढेँ यो प्राण तिम्रै हो
मायाकी खानी दयाकी रानी नाम त तिम्रै हो ।

नभए तिमी जीवन हाम्रो बेक्कार हुन्थ्यो नि
उदार दिल तिम्रोझैँ भए मलाई पुग्थ्यो नि ।

हरेक जात भएका वर्ग तिमीमै मिलेका
आशिष तिम्रै पाएर सबै शीतलमा रहेका ।

सन्तान तिम्रा नमिले देखि चित्त त दुख्दो हो
लालच त्यागे नेपाल छिट्टै स्वर्गझैँ बन्दो हो ।

गरिमा आचार्य
कक्षा ५, श्रीलिटिल फ्लावर उमावि,
राजविराज–९, सप्तरी ।

7 thoughts on “नेपाल वन्दना”

  1. गरिमा बेटा तिमीलाई मैले गाली
    गरिमा बेटा तिमीलाई मैले गाली गरें है अाज । यत्राे दिन कता हराएकी त अनि ।

    1. पढाइमा व्यस्त भएर होला, नलाआ
      पढाइमा व्यस्त भएर होला, नलाआ सरले सफाइ दिनुहुन्छ कि ? 😉

  2. REPLY TO HOM & KUMAR SIR
    होम & Kumar सर !

    NAMASKAR

    गरिमाले लेखेका कुराहरू त धेरै छन् तर मैले नै नपठाएको हो ।

    कम्पोज नगरिएकाले नपठाएको हो । जिद्दी गरे मात्र म पनि समय निकाल्छु । नत्र आफ्नै मात्र लोकमा विचरण गरिन्छ ।

    बेलाबेलामा हेक्का राख्नु पर्ला ।

    हजुरले चासो राखिदिनु भएकोमा हार्दिक धन्यवाद छ ।

    —नलाआ

  3. बाबाले अलि जोश निकाल्न पर्यो
    बाबाले अलि जोश निकाल्न पर्यो 🙂

  4. बाबाको जोसजोसमै होस गुम्न
    बाबाको जोसजोसमै होस गुम्न लागिसक्यो । अब जिल्ला छाडेर नाम्चेतिर पुगिन्छ जस्तो छ । इन्टरनेट सुविधा नभएको ठाउँ रहेछ भने वर्षमा एक दिन मात्र मझेरीसँग भेटघाट होला । जदौ ।।।

  5. नाम्चेमा त इन्टर्नेटको झन
    नाम्चेमा त इन्टर्नेटको झन राम्रो सुबिधा छ । जाडोमा बाहिर निस्कन मन लाग्दैन अवश्य, दिनभरि यतै हुन सक्छ ।

  6. खै गरिमा हराइन् । पाउलिन
    खै गरिमा हराइन् । पाउलिन लागेकाे बिरुवामा मलजल गराै न प्रभु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *