Skip to content

बनाइदिन्छु म

  • by


ईतिहास मै नलेखिएको काहानी बनाइदिन्छु म,
निचोरेर साहित्यलाई पानी-पानी बनाइदिन्छु म ।

जस्तो सुकै खडेरीमा पनि गजल अँकुराउने,
मेरो घर छेउमा एउटा बागबानी बनाइदिन्छु म ।

भोली देखी शहर-बजार मान्छे भई हिड्छ गजल,
प्राण भरी त्यसमा अझै जवानी बनाइदिन्छु म ।

मोफसल मै बसी बसी तीर् हान्छु उपत्यका,
गजलबाटै युद्ध छेडि खरानी बनाइदिन्छु म ।

कस्ले भन्छ काठमाडौंमा, मात्रै गजल खेती हुन्छ ?

चितवनलाई त गजलकै राजधानी बनाइदिन्छु म ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *