Skip to content

बेची खाँदै छन देश नै

आ आफ्नु बोली
आ आफ्नु झोली
बोकी हिडछन
नंगा सांसद्का टोली

जनता मर्छन भोकले
नांगा छन शोक ले
छैन छाना गारो
गरीबीका चोटले

नेता खान्छन अरबों
चुसी जनताका रगत्
मार्छन प्यारा सन्तान
तप्त वालुवा मा फगत

नियम कानुन आफ्नै
भर्न धोक्रो सारा
पुगेन रे खान
जनता आँशु धारा

सांसद हिडछन कुइ कुइ कुकुर झैं
छैन राम्रो मती
गर्छन आफ्नै अनी
जनताका कती खती

असतित्व बेची खाए नेताले
बेची खाँदै छन देश नै
मुक छन दर्सक जनता
मृतक बीर झैं

Leave a Reply

Your email address will not be published. Required fields are marked *