Skip to content

फूलको आफ्नो रंग हुन्छ गर्दैन घमण्ड
मान्छेहरू गर्छन् पाप मौन सँधै ब्रह्माण्ड ।

हावा सँधै जताततै पुग्छ रीस गर्दै गर्दैन
बग्छ नदी सुल्टो फर्केर आउँदै आउँदैन ।

बादल रूप फेर्छ पलपल हारेर लुक्छ फेरि
चन्द्र सँधै मुस्कुराउँछ लाख तारा हेरी हेरी ।

मेरो तेरो भन्नू के छ मरेर जाने जिन्दगीमा
रीस लुकाउनु बेस लुकाउँ सँधै हृदयमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *