Skip to content

अरुको जीवनलाई चुनौती दिनेहरू


पागल बनेर अरुको जीवनलाई
चुनौती दिनेहरू देख्दा
आफ्नै मनले आफ्नै मनलाई
पागल बनाउँछ् ।
जब बाहिर अनेकौ पीडामा
उनीहरूको स्थिति देख्छु ।

थाहै छैन उनीहरूलाई ।
थाहै हुन्न उनीहरूलाई ।

खै के गरिरहेछु ?
खै किन गरिरहेछु ?
खै कस्ता थिए बिगत आफ्ना ?
खै कहाँ गए आफ्ना भन्ने सारा ?
खै को छन आफ्ना अहिले ?
खै के छ्न साथमा अहिले ?
खै के कस्लाई दिनु छ ?
खै कस्बाट के लिनु छ ?
के हो आज के हुन्छ भोलि ?
अनि के थियो हिजो ?
अत्त्तो पत्तो छैन केहीको
अत्तो पत्तो छैन कोहीको ।

कुक्रुक्क चौतारीको आडमा
चिसो छेक्ने बाहानामा
फोहोर बोरा ओडेर
मडारिएको पेट
शान्त पार्ने खोजीमा
अरुको आशमा ढुकिरहन्छ्न् ।

न केही गर्न सक्छु
न त केही भन्न नै
सधैं देखिरहन्छु हेरिरहन्छु ।

अँझै फर्की फर्की हेर्छु
आँखाले भ्याउन्जेलसम्म ।

उनीहरूको पीडाले उनीहरू ब्यथाले
मन निचोरिन्छ सम्हाल्न नसक्ने गरी
कतै मनै त पागल भैन ?
उनीहरूको पीडा देख्दैमा जस्तो गरी ।

कहिले भित्र भित्रै मनै भरी
कहिले अरुले नदेख्ने गरी
पिरोलिन्छन छल्किन्छ्न्
आशुका थोपाहरू ।
हो,साच्चै उनीहरूले
हाम्रो जीवनलाई चुनौती दिरहेछ्न् ।

खल्बलिन्छन् मस्तिष्कका सोचहरू ।

खै के नै रैछ र जीवन ?
कहिले काहीँ त लाग्छ
दुनियासामु जीवनको खिल्ली
किन उडाउनु ? अनि सोच्छु
बौलाउनुभन्दा त मर्नै निको ।

पागल बनेर अरुको जीवनलाई चुनौती दिनेहरू देख्दा
कहिले काहीँ त लाग्छ
दुनियासामु जीवनको खिल्ली
किन उडाउनु ?अनि सोच्छु
बौलाउनुभन्दा त मर्नै निको ।
बौलाउनुभन्दा त मर्नै निको ।

– सन्तोषी श्रेष्ठ
शुक्लागण्डकी – ३ दुलेगौंडा, तनहुँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *