Skip to content


त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल…

बिस्तारै जहाजले चलमलाउन थाले । साँझको ७:३० बजिसकेको थियो । जहाजको चारै तिरबाट कहिले अङ्ग्रेजी त कहिले कोरियन भाषामा जहाज उड्न लागेको जानाकारी दिदैथियो । नेपालको माटो छोड्नु अघि सबैलाई पुन: एक पटक सम्झिएँ । आमाको आसुँमा पीडा थप्न चाहिन र दिदीलाई फोन गरेँ- “दिदी अब जाहाज उड्न लाग्य्यो । आमाको आँखामा सधैं खुसी बनेर बस्नु । निदाएका सपनाहरूलाई सधैं सङ्गितले ब्यूँझाइरहनु । आमाको काखलाई कहिल्यै खाली हुन नदिनु……… !”

मनका कुराहरू ओठले फोनकै माध्यामबाट व्यक्त गर्दागर्दै जहाज जोड्ले चलमलायो । नेपालको छाती डगमगाएको झैँ डगमगायो । कहिल्यै जहाज नचढेको म । एक पटक त डराएँ, भूकम्पले थिलोथिलो बनाएको मुटु, झन्नै भूकम्पको जस्तो कम्पन । जोडले समातेँ आफू बसेको सिट्लाई । कानमा घुसारेको आयर्फोनमा बोलिरहनु भएको दिदीको आवज बिस्तारै काटिदै आउन थाल्यो । लाग्यो, अब जहाज भुइँ छोड्दै छ । बगेका आसुँहरू सङ्गै बग्दै गए मनका बोलिहरू….. खै दिदीले त सुने कि सुनेनन् । तर मनभित्रका सबै बहहरू गहहुँदै बगे । गर्हुङ्गो थियो मेरो दिल.. जहाजभन्दा पनि गर्हुङ्गो… तर पनि कति सजिलै उचाल्यो त्यै गर्हुङ्गो दिलबोकेको म र मेरो शरीर, जहाजले ।

म त बाख्राखोरमा जन्मेको मान्छे अरे ।

जाडो महिनाको एक दिन । आगो ताप्दै गर्दा सन्तान जन्माउदाको पलको बारे कुरा गर्दैगर्दा आमाले भन्नू भएको । दिदी गाईगोठमा जन्मनु भाको अरे । सन्तान जन्माउदा घर जुठोहुने भन्दै गोठमा जन्माउनु पर्ने चलन अनुसार आमाले हामीलाई पनि गोठमा जन्माउनु भएको अरे । आफ्नो सन्तानको आगमनमा मेरी आमाले पनि खुबै खुसी हुनुभयो रे, झन त्यसमाथि छोरो नै जन्मेकोमा त झन बढी नै खुसी हुनु भो रे । पल्लो घरकि नौ छोरिकि आमा त डाहाले तीन महिनासम्म बोलिनन् रे पनि ।

लेऊ लागेको भितामाथि खर छाएको थियो । तिनै खरमाथि पनि विभिन्न जातका झारहरू उम्रेका थिए । तिनै लामालामा झारहरूको टुप्पोलाई आङ्गालिन लागाई माकुराले आफ्ना घर बनाएका थिए । तिनै माकुराहारुका घरको आधार घर नै थियो हाम्रो घर । बर्खामासमा जोड्ले धर्केर पानी पर्थ्यो । सङगै ओछ्यानमा बिस्तारिनु भएका मेरी आमा, धर्के पानीको चिच्याई सङगै हतारिदै उठनु हुन्थ्यो र पुराना गाग्री, जाङ्गो तथा कराई खोजेर तिनै छानोलाई आफ्नो तागत देखाएर हाम्रो ओछ्यानसम्म आउने आकासे पानीलाई रोक्नु हुन्थ्यो । आकास खनिएर आएको पानी जाबो सनोसनो भाँडामा के अटिन्थ्यो र? छिनभरमै भरिन्थ्यो । आमा तिनैभाँडा भरिका पानी बहिरा कुरि राखेका आफ्ना साथीसङ्ग मिसाई दिनुहुन्थ्यो । जब रातभरि पानी पार्थ्यो मेरी आमा पनि रातैभरी आफ्ना आँखाको झरिलाई झारेर बर्खे झरिसङगै रातभरि जुधिरहनु हुन्थ्यो । तिनै घरको छानोलाई आमाले जतिकै बर्खे झरिसङ्ग जुध्न सक्ने बनाउनकै लागि मेरा बाबा घर छोडेर जानूहुन्थ्यो । वर्षौँवर्षा परिरहे झरी, जति परे झरी त्यति चुहियो घरको छानो । जति चुहियो घरको छानो, त्यति झारिन् आमाले आँसु, अनि त्यति नै रात अनिदो रहनु भो मेरी आमा । जति रात अनिदो रहनु भो मेरी आमा त्यति नै रात घर छोड्नु पर्यो मेरो बाबाले । जति रात घर छोड्नु भो मेरा बाबाले त्यति नै रात कष्टमा जियौँ हामीले ।

“छोरा हामीले जतिको दुख तिमीले पाउनु हुन्न । तेरो बाउले तेरो लागि केही कमाउन सकेन । तर धेरै पढ्नु छोरा । पढेपछि त जागिर पाइन्छ । त्यसपछि हाम्रो पनि त सुखको दिन आउँछ छोरा । मैले त कहिल्यै सुखले बाँच्न पाउदिन होला तर पनि तिमीहरूको जीवनमा कहिल्यै दुख हुनुहुन्न छोरा” एक दिन आमाले मास्लो घरको हजुर आमाको कोदो रोप्ने मेलाबाट आधी पेट खाई आफ्नो भाकको बाँकी खाजा ल्याई दिदै भन्नू भएको थियो । मेरी आमा आफ्ना सन्तानहरूकै लागि अरुको मेला जानू हुन्थ्यो । हामीसङ्ग न त कुनै उब्जनी जगगा जस्को उब्जाएर खाना पुगोस । त्यस्तो जग्गानै थियो न कुनै आम्दानिका स्रोत । त्यसैले आमा अर्मपर्म मेलापात गर्नु हुन्थ्यो । हाम्रो जीवनको आधार नै आमा र मेलापात थियो । तैपनि आमाले दिनरात आँसु र पसिना बगाएर गाउको स्कुलको सबै तह पढाइ दिनु भो ।

उच्च शिक्षा र आमाको सपनालाई डोर्याँउदै म काठमाडौँ आएँ । गाउँमा आमा र बाबाले टालेको लगाउदै र आधा पेट खाँदै खर्च पठाउनु हुन्थ्यो । म पनि बाआमालाई धेरै भार नपरुन भनेर आफूले सक्ने काम गर्दै पढदै गएँ । आमाको एउटै सपना थियो- ‘छोराले धेरै पढेर सरकारी जागिर गरून् । ‘ त्यसैले आमाले ऋण खोजीखोजी पढाइ दिनु भयो ।

स्नातक सकेपछि जागिरको खोजी गर्न थालेँ । पैसा, आफ्नो मान्छे, पहुँचभन्दा बाहिर रहेको हामी जस्ताले काहाबाट नेपालमा जागिर पाउन सक्छ? आमाको सपनाले सधैं डोहोर्याइरह्यो । म पछ्याइरहेँ । तर कहिल्यै पनि भेटिन आमाको सपनालाई । आमाको सपनालाई पछ्याइरहदा एक दिन मेरा मित्रले कोरियाको सपना देखाई दियो । कोरियाको सपनाले साँचै आमाको सपनालाई लात हानिदियो । आमाले त बारम्बार भन्नुहुन्थ्यो” छोरा बरु टालेकै लाउला । दुखामै रमाउला तर टाढाको बाटो नरोज न छोरा । मैले पहिलाको त्यस्तो दुखलाई त दुख ठानिन भने अब त तैले यितिका पढेको छ, त छस् । उमेर छ । सबै कुरा मिल्छ नि छोरा । ” तर आमाको सपनामा लात हानेको कोरियाको सपनाले आमाको बिलाउना माथि पनि लात हान्यो ।

जब EPS साखाले उडानको अन्तिम मिति तोकिदियो । आमासङ्ग थोरै समय भए पनि सङ्गै जिउन मन लागेर म गाउँ गएँ । आमाले त अँझै मन बुझाउनु भएको थिएन । बाबाले भने थोरै मन थाम्नु भैसकेछ । हप्तादिन बाआमासङ्गै रहेर म काठमाडौँ फर्केँ । त्यस्को एक हप्तापछि आमा आउनु भो, त्यस्को 2 दिन पछि म कोरिया आउदै थिएँ । चोटै चोटले भरेको मेरो आमाको मन सायद पीडामा रम्न जानिसकेको हुनु पर्छ ।

गहभरी आँसु पारेर आफ्नो पाउमा रहेको मेरो सिरमा आशिष् थमाउदै हुनुहुन्थ्यो । हामी सङ्गै उड्ने साथीहरू लामका लाम भित्र पस्दै थिए । कुनै सब्द फुटेकै थिएन । “आमा म सुखको दिन लिएर आउने छु । ” भन्न नपाउदै झरेका आँसुहरूले रोकि दिए बोलिलाई ।

गहसङ्गै बग्दै बग्दै जहाज छेउसम्म आएँ । तर मेर खुसी र आमा र मिठो सँसार छोडेर । जहाजभित्र आँसुमा डुब्दाडुब्दै खै कुन बेला निदाएछु पत्तै भएन । ब्यूँझदा जहाज उर्ल्दै थियो । जहाज उर्लेपछि हामीलाई नि ओराले । ओर्लियौँ भारी मन बोकेर ।

मेरो माटोमा जहाज चढेको म, जहाजबाट उर्लादा अर्कै माटोमा ओर्लिएँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *