Skip to content
PreranaLama


ए भूकम्प …
फेरि आयौ?
अरे भूकम्प तिमी फेरि आयौ?
आऊ आऊ स्वागत छ तिमीलाई
मेरो नेपालमा।।

अब के नै बांकी छ र?
गाउँका बस्तीहरू,
गरिबका झुपडीहरू,
निलिसक्यो पोहोरै,
कैयौं गरिब र निमुखालाई,
चपाइसक्यो पोहोर नै।।
केही छ र बांकी ती बस्तीहरूमा?

केवल,
केवल बांकी छ त,
सहरका गगन चुम्ने महलहरू,
चोरी,लुट्पाट र भ्रष्टाचार गरी ठड्याएका
५,१०र १८ तले भवनहरू।
के सक्छौ तिमी यी महलहरू हल्लाउन?
हं?
सक्छौ तिमी त्यो महल ढलाउन?
ढुङ्गा र माटोले बनेको भुइतले झुपडी ढलाउन तिमीलाई सेकेन्ड लागेन,
तर
त्यो महल ढलाउन किन आनाकानी?
कि तिमीलाई नि डर छ
सिधासादाको रगत चुसेर मोटाएका उडुसहरूको उपत्यका डुबाउन?
हैन भने किन?
ती ब्वाँसाहरूको महल हल्लाउन र ढलाउन सकेनौ?
तिमीले भत्काएको झुप्रोहरू
पुनः नर्कटले बारेर खरको छानो हाली बसौला, त्यसैमा रमाउला
तर ती राष्ट्र हांकिरहेका ब्वांसाहरूले त
मेरो देश खोक्राइरहेका छन्।
जनतालाई आँसुले भोक र प्यास मेटाउन बाध्य पारिरहेका छन्।

त्यसैले,
ए भूकम्प तिमी अँझै 9 रेक्टरको बनेर आउ,
र हल्लाउ सिंहदरबार,
बालुवाटार र सांसद भवनहरू।
यसरी हल्लाइदेऊ कि,
बिर्सुन ती उडुसहरूले
भ्रष्टाचार,बैमान र असहमतिका अल्फाबेटहरू।।
तब,
तब बन्लान कि नयाँ नेपाल ??

Leave a Reply

Your email address will not be published. Required fields are marked *