Skip to content

उनै संग को साथ् पाउन मन लाग्यो



चह चह कराउदै ऊडने चराचुरुंगी संग मितेरी लाउन मन लाग्यो
माया प्रेम मा जीवन संगेनी संग दिल को कुरा बाउन मन लाग्यो

कुहु कुहु गर्दै गाउदै हिड्ने कोयली सरह यो मन मस्तिष्क लाइ
उनै संग सपनीमा हराउदै संसार विचरण गर्दै धाउन मन लाग्यो

हरिया बन-पाखा, पखेरु र पधेरु मा माया प्रिती मा उनै संग रमाउदै
हर पल हर छण उनै संग एउटै छाता मा हराउदै छाउन मन लाग्यो

स्वछन्द ति जंगल मा रम्दै सौन्दर्य बिखर्दै नाची हिड्ने मयुर सरह
यो दिल मा उनै लाइ सजाउदै उनै संग रम्दै नाच्दै गाउन मन लाग्यो

कल-कल, निस्चल बगी हिड्ने ति झरना, नदि संग आफुलाई हराउदै
सदा,सर्बदा,हर जुनी र जन्ममा उनै संग को साथ् पाउन मन लाग्यो

राज भण्डारी (विवश)
दुबई, युएई

1 thought on “उनै संग को साथ् पाउन मन लाग्यो”

  1. गजल
    “जादैछु”

    जादैछु मुग्लान फाटो छाेडेर
    बस्नु तिमी खुसीसँग माटो जाेडेर

    झल्काे अाउदा रुन्छु म, डाकाे छाेडेर
    जाँदैछु प्यरी म, मुग्लान बाटो माेडेर

    दैलाे अगि नबस्नु है तिमी,काम छाेडेर
    जादैछु मुग्लान खुसी किन्न मन मारेर

Leave a Reply

Your email address will not be published. Required fields are marked *