Skip to content


आफ्नो पेट भोकै राखी, मेरो पेट भरिदिने
बाचुन्जेल निस्वार्थ, चोखो माया गरिदिने

गर्मीमा शीतल दिने, चिसोमा घाम
सुन्दा नै पवित्र, मेरी आमाको नाम

सन्तानको खुशीमा, आफू खुशी बनिदिने
लागे चोट आँखाभरि, आशु पारी रोइदिने

कस्ले दिन्छ यति चोखो, यति मिठो माया
प्यारो लाग्छ मलाई आमा, तिम्रो प्रेमको छाया

आफ्नो इच्छा चाहनाको, बलिदान दिन्छौ
सबै दु:ख सबै पीडा, आफूमानै लिन्छौ

सबैभन्दा ठुलो मेरो, तिमी नै हौ शान
संसारकै सबैभन्दा, मेरी आमा महान

रञ्जना न्यौपाने
चरीकोट, दोलखा

Leave a Reply

Your email address will not be published. Required fields are marked *