Skip to content

फेवातालमा साईली

  • by


फेवातालमा साईली डुङ्गा सलाल
संझनामा तिम्रो तस्वीर झलल
सेती नदी साईली बग्यो सलल
संझनामा तिम्रो तस्वीर झलल

बाँसैको सोई सोई नुहेर आयो चरीले टेकेर
म घुम्दै आको यो नौलो ठाउँमा मायालाई देखेर
लाईदेउ माया साईली दिलाई खोलेर
मनको माया साईली मुखैले बोलेर

पिपलु बोटमा चखेवा जोडी मिलेर बसेको
तिम्रो र मेरो जोडीलाई सत्ते दैबले रचेको
खाईदेउ कसम साईली बाराही भाकेर
चोखो प्रितले साईली जुनि भर साँचेर

शब्द : किरण घिमिरे
संगीत: राम चन्द्र काफ्ले
स्वर : शिव परियार

Leave a Reply

Your email address will not be published. Required fields are marked *