Skip to content

पर्वसँग सम्बन्धित समय सुधार गर्नै पर्ने हो त ?


पर्व भन्नाले प्रतेक वर्ष हामीले परम्परागत संस्कार र नीति सनातनी आस्था, निस्था र विश्वासका साथ मानाउँदै आएका विभिन्न चाड पर्वहरू जस्तै – दशै, तिहार, तीज, राम नवमी, कृष्णाष्टमी, महाशिवरात्री तथा संक्रान्ती, पूर्णिमा, र अमावस्या लगायतमा पर्ने विशेष पर्व दिन एवं हाम्रो जन्मदिन मनाउने विशेष उत्सव नै पर्व हो ।

शास्त्रीय नीतिनियम अनुसार शास्त्रनिर्दिष्ट शुद्ध समयमा मात्र पर्वहरू मनाउनु पर्ने मात्र हैन पितृतर्पण कार्य समेत गर्नु पर्ने अन्यथा त्यस्को कुनै फल प्राप्त नहुने भन्ने शास्त्र प्रवर्तक ऋषिमुनिहरूले शास्त्रमा स्पस्त व्याख्या गरिएको भन्ने शास्त्रप्रवर्तकहरू बताउँछन् । अशुद्ध समयमा चाड पर्वहरू, जन्मदिन मनायमा र पितृतर्पण कार्य गरिएमा निश्फल हुन गै त्यस्कोप्रतिकुल प्रभाव समाज र राष्ट्रमा पर्न जान सक्छ भन्ने समेत शास्त्र प्रवर्तकहरूको भनाइरहेको पाइन्छन् ।

हामी नेपालीहरूले विभिन्न समयमा मनाउँदै आएका विभिन्न चाड पर्वहरू के शुद्ध समयमा मनाउँदै आएका छौ त: ? अब हामीले यस तर्फ पनि गहण दृष्टि पुर्याई अध्यन्न गर्नै पर्ने अवस्था देशको संक्रमणकालीन अवस्था र सनातनी नेपालीहरू धरमान्तरण हुँदै जानेको संख्या बृध्दिले देखाउन थालेको छ ।

०६३/६३ पछि नेपाल राजतन्त्रबाट गणतन्त्रमा प्रवेश गरेर हामी नेपालीले दुईवटा संविधानसभा गठन गरी हामीले गणतान्त्रिक संविधान पाए पनि देशले शान्ति पाएको छैन । विभिन्न राजनैतिक बहानामा देश भाँडभैलोमा फस्दै गएका छन् । हाम्रो योहिमवतखण्ड नेपाल महायोगी गुरु गोरखनाथ र आराध्यदेव श्रीपशुपतिनाथले संरक्षित देश हुन् तर पनि यो देशले वर्तामान अवस्थामा गुज्रिरहेका छन् । आखिर किन ? हुन त: यस्ता कुराहरू आजका भौतिक वादिहरूले स्वीकार नगर्ला तर अध्यात्मिकवादिहरूले यस बिषमा सोच्नै पर्ने हुन्छन् ।

आदिकाल देखि हाम्रो समाजमा चल्दै आएका चाड पर्वहरूका तिथिमिति तोक्ने कार्य पञ्चाङ्ग निर्णायक समितिले गर्दै आएका छन् ।पञ्चाङ्ग निर्णायक समिति सौर्यमास र चन्द्रमासको कला ( गति अनुसार) चाड पर्व निर्धारित गरिन्छन् । हाम्रो पञ्चाङ्ग र जन्मकुण्डलको गति र चन्द्रमासको र सौर्यमासको गति अनुसार चल्छ । सौर्यमण्डल र चन्द्रमासको गति अनुसार शुद्ध समयमा चाड पर्व, व्रत उपासना भएन भने कुनै फल प्राप्ति हुने छैन र हाम्रो जन्मकुण्डलीको पनि कुनै अर्थ हुने छैन ।

पृथ्वीको गति, सौर्यमण्डलको गति र चन्द्रमाको गतिको आधारमा हुने २५८०० वर्षमा अयनांश चक्र पूरा हुने सिध्दान्त अनुसार ७०.६ वर्षमा प्रत्यक ऋतु एक दिन अगादी सर्दै जाने भएकाले सायन संक्रान्ती र गणिगत संक्रान्ती याने प्रचलित संक्रान्तिहरू २४ दिनसम्मको फरक परिसकेको भन्ने ज्योतिशास्त्र बिद्हरूको अहिले यहाँ भनिरहेको अवस्था छ ।

सूर्य सधैं एउटै बिन्दुमा उदाउँदैनन् । जब पूर्व बिन्दुमा सूर्य उदाउँछन् त्यसको भोलिपल्त सूर्य कि त: त्यो बिन्दुभन्दा उत्तरतिर रहेको बिन्दुमा उदाउँछन् कि त: दक्षिणतिरको बिन्दुमा उदाउँछन् । यसरी ठिक पूर्व बिन्दुबाट २३.५ डिग्रीको दुरीमा रहेको उत्तरतिरको बिन्दुमा सूर्य जुन दिन उदाउँछन् त्यसको भोलिपल्ट त्य बिन्दुभन्दा दक्षिणतिरको बिन्दुमा सूर्य उदाएको देखिन्छ । त्यसबेला दक्षिणयान अयन सुरु हुन्छ । यसरी क्रमश: आजभन्दा भोलिभन्दा पर्सी गर्दै झन झन दक्षिणतिर सूर्य उदाउँदै जान्छन् । ६ महिना पछि सूर्य सबैभन्दा दक्षिणतिर रहेको बिन्दुमा उदाउन पुग्छन् र त्यसको भोलिपल्ट फेरि त्योभन्दा उत्तरतिरको बिन्दुमा उदाउँछन् । जब सबैभन्दा दक्षिणतिरको बिन्दुमा सूर्य उदाइ उत्तरतिर लाग्छन् त्यो बिन्दु उत्तारायण अयन सुरु हुने बिन्दु हो । त्यही बिन्दु नै उतारायण बिन्दु हो । यसरी नै यही गतिमा जब सूय कर्कत राशिको पाहिलो अंशमा पुग्छ तब दक्षिणयानको प्रारम्भ हुँदै सूर्य आफ्नो गतिमा चलिरहन्छन् ।

यसरी गणितीय नीति अनुसार प्रत्येक सौर्य वर्ष ३६५ दिनको र चन्द्र वर्ष ३५४ को दिन हुँदा करिब ११ दिन फरक पर्दछ । यसै गणितीय नीति अनुसार तेस्रो वर्षमा पूरा १ महिना फरक पर्दै जाँदा सो फरक महिनालाई पञ्चाङ्क निर्णय समितिले अधिकमासको नामकरण गरिन्छन् र यस अधिकमास भरिमा कुनै पर्वहरू नमनाउने गरिन्छन् । यो एक महिना अधिकमासको नाममा रहेको मलमासको कारणले चन्द्रमासको तिथिहरू सौरमास गतेबाट एक महिना अघि पछि पर्ने गर्दछ । हामीले मान्दै आएका पर्वहरू चन्द्रमासको आधारमा र महिनाका गतेहरू सौर्यमासका आधारमा निधारित गरिन्छन् ।

यस प्रकार सयन संक्रान्ती र गणितीय संक्रान्ती याने प्रचलित संक्रान्तिहरू हाल फरक पर्दै गैइरहेको २४ दिनसम्मको परिधिलाई अधिकमासका नाममा मलमास व्यवस्था पञ्चाङ्क निर्णायक समितिले हामीले मनाउने विभिन्न पर्वहरूको तिथिमिति मिलान गर्दै आएका छन् ।

चन्द्रमास लगायतको गति अनुसारको फरक पर्दै गएको दिन र समय अवधिहरूलाई यसरी मलमासको वैकल्पिक व्यवस्था गर्दै दिन तथा समयावधिलाई मिलान गर्दै आएको पर्वहरूको समय शुद्ध नै छन् त: भन्ने विषयमा अब हामी सबैले सोच्ने र मनन गर्नै पर्ने अवस्था आएको छ ।

भगोलिक सिधान्त, गणितीय दिधान्त, अयनांश चक्र हुने सिधान्त एवं सौरमण्डलीय गति र चन्द्रमासको गतिका विषयमा सम्बन्धित सरोकारवाला बिज्ञहरूले प्रस्त पार्दै वास्तविक यथार्थ बमोजिम हामी सबैले सही तथा सुध्द दिन र शुद्ध समय अवधिमा आफ्नो सनातनी परम्परा र कुल धर्म संस्कार अनुसार चाड पर्वहरू मनाउनु पाउनु पर्दछ ।

सयन संक्रान्ती र विषुवत् संक्रान्ती याने प्रचलित संक्रान्तीका दिन र समयहरू परक पर्दै गएको वास्तविक यथार्थतालाई केही बिज्ञहरूले महसुस गर्दै नेपालमा आजभन्दा ५ दशक आगादी अर्थात २०२० सालामा ईतिहास शिरोमणि श्रीबाबुराम आचार्यजीको अध्यक्षतामा पञ्चाङ्ग सुधार समिति बनेको ईतिहास हामीसँग नभएको भने हैनन् । तर पनि त्यो पञ्चाङ्ग सुधार समिति समितिमा मात्र सीमित भै पञ्चाङ्ग पर्व समयमा कुनै सुधार गर्न सकिएन वा भनौ गर्न गरिएन ।

यसरी सयन संक्रान्ती र विषुवत् संक्रान्ती याने प्रचलित संक्रान्तीका दिन र समयहरू परक पर्दै गएको वास्तविक यथार्थतालाई केही बिज्ञहरूले महसुस गर्दा गर्दै पनि वा भनौ त्यसको ज्ञान हुँदा हुँदै पनि हामीलाई फरक परेको दिन र अशुद्ध समयमा पर्व मनाउन लगायको र मनाउँदै आएको तितो सत्यतालाई मनन् गर्दै आजभन्दा एक दशक आगादी पञ्चाङ्ग निर्णायक समितिका तातकालीन अध्यक्ष प्रा.डा. श्रीमङ्गलराज जोशीजी समेतको सहमति र अग्रसर्तामा २०६१ सालमा विभिन्न समिति र उप समितिहरू गठन गर्दै ” स्थायी अयन वर्षसम्मको अध्ययन तथा पर्व सुधारको अभियानको थालनी भै विभिन्न सरोकारवाला धार्मिक संघ संस्थाका ६६ जना प्रतिनिधि सहभागितामा भएको विशेष ज्योतिषीय गोष्ठिले ” अधिकमासको एक महिने हद पर्वहरूले उलङ्घन गरेको र अयन विषुवत् सिङ्गो एक पूर्णिमा अवधी नै सरिसकेको अवस्थामा पनि प्रचलित पचाङ्ग( पात्र) अनुसार नै हामीले पर्व मनाउनु नहुने र मनाउँदा राम्रो फल प्राप्त नहुँने एवं लक्षित उद्देश्य पूरा समेत गर्न नसकिने ठहर गर्दै गरेको ज्योतिषिहरूको ठहरलाई तातकालीन नेपाल सरकारले आत्मसाथ गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्ड्यान मन्त्रालयबाट २०६३ सालमा एउटा छुट्टै राष्ट्रिय मान्यता प्राप्त ” पर्व सुधार राष्ट्रिय कार्दल ” नै गठन गरी सर्व साधरण जनमानसमा कुनै अन्यौल नहुने र अन्यौल नगरी प्रचलित सिद्धान्त र ज्योतिष शास्त्र र सनातनी धर्म शास्त्रलाई यथावटै राखी ऋतु बिग्रीयको अयन विषुवत् संक्रान्ती दिन तथा पर्वलाई‍बिग्रीयको हदसम्म परिवर्तन गर्न गराउनु पर्ने सुझाव सहितको प्रतिवेदन पर्व सुधार राष्ट्रिय कार्यदलले ०६४ सालमा नै नेपाल सरकारलाई बुझायको प्रतिवेदनलाई बैज्ञानिक निश्कर्ष मानेअनुसार बि.सं. २०६५ पौष १६मा बि. सं. २०६७ बैशाखमा परेको अधिकमासको सहायत लिई बि. सं. २०६६ चैत्बाट एक महिना वर देखी लागुहुने गरी प्रचलित पञ्चाङ्ग प्रणालीमा आवश्यक सुधार गर्ने भन्ने तातकालीन नेपाल सरकारले गरेका थिए । परन्तु त्यसबेला त्यो निर्णय विविध कारणहरूबाट कार्यरुप लिन सकेन र पर्व सुधार कार्यस्न्वन्नको त्यो निर्णय मन्त्रीपरिषदको कार्यालयको दराजमा नै आजसम्म थनकी नै रहेका छन् ।

पर्व सुधार राष्ट्रिय कार्यदलले पेस गरिएको प्रतिवेदन अनुसार प्रचलित पञ्चाङ्गमा आवश्यक सुधार गर्ने निर्णय नेपाल सरकारले कार्यान्वयन गर्न नसकी निर्णय नै थनकिरहेको अवस्थामा पर्व सुधारका अभियन्ताहरूले अहिले प्रचलनमा रहेको पञ्चाङ्ग( पात्र)मा प्रतिवेदन मुताबिक समयानुकुल परिमार्जन गरी पर्वहरू सुधार गर्नु पर्ने भन्दै सरकार, पञ्चाङ्ग निर्णायक समिति लगायत सरोकारवाला सबैलाई नैतिक दवाबब दिन प्रचलित पात्रमा तोकिएको तिथिमितिकोभन्दा ठिक एक महिना अगादी नै पर्वहरू मनाउने अभियान एक दशक देखि चलाउँदै आएका छन् । पर्व सुधारको अभियान ” पर्व सुधार राष्ट्रिय कार्यान्वञ समिति, नेपाल”ले संस्थागत रुपमै नेत्रुत्व गर्दै आएका छन ।

पर्व सुधारको अभियन्ताहरूको अभियान गतिबिधिले नेपालीको सनातनी धर्ममा आँच पुगिरहेको अवस्था यहाँ देखिन थालेका छन् । जनसाधारणले प्रचलित पञ्चाङ्गलाई ब्रम्ह बाक्यकै रुपमा मान्दै आएका छन् । सर्वसाधारणले पञ्चाङ्ग निर्णायक समिति स्वीकृति प्राप्त पञ्चाङ्गलाई नै सर्वमान्य र सही पञ्चाङ्गका रुपमा लिने र मान्ने गर्दै आएका छन् । त्यसैले अधिकांश जनसाधरणले प्रचलित पञ्चाङ्गमा तोकिएकै तिथिमिति र गतेमा नै आ- आफ्नो परम्परागत चाद पर्वहरू मनाउँदै आएका छन् ।

प्रचलित पञ्चाङ्ग अनुसार असोज २५ गते परेको ०७३ को विजया दशमीलाई त्यसको ठिक एक महिना अगादी याने भाद्र २६ गते नै पर्व सुधार अभियन्ताहरूले जमरा टीका लगाई रमझम गर्दै मनाएको खबरहरू पत्रपत्रीकामा आएका छन् । जबकी पञ्चाङ्गमा तोकिएको असोज २५ गते मात्र अधिकांश जनसाधारणहरूले दशै पर्व मनाए । अचम्मको र आश्चर्यको कुरा के छभने भाद्र २६ गते नै दशै मनाउने पर्व सुधारका अभियन्ताहरूले पनि दोहोरो अर्थात दुई दुई पटक दशै पर्व रमझम गर्दै मनाएको कुरा स्वय म पर्व सुधारका अभियन्ताहरू बताउँछन् ।

अधिकमासको एक महिने हद पर्वले उलङघन गरेको र अयन विषुवत् सिङगो एक पूर्णेमा अघि सरेकाले प्रचलित पात्र अनुसार दशै लगायत पर्वहरू मनाउँदा फल प्राप्त नहुने र अशुद्ध समयमा पर्व मनाउन हुँदैन भनेर त्यसको एक महिना अगादी नै दशै पर्व मनाएर शुद्ध समयमा दशै मनाएको भन्ने पर्व सुधारका अभियन्ताहरूले पात्रमा तिकिएको तिथिमिति र गतेमा पुन: दोहोरो दशै पर्व मनाउँदा दशै पर्वको महत्व र विषेशता, धर्म संस्कार एवं पर्व र समाजमा के कस्तो प्रभाव पर्दछन् यो सोचनीय विषय छ ।

सनातनी नेपाली समाजमा र धर्म संस्कारहरूमा पश्चिमी आयातित धर र त्यसका विस्तारवादी अनुयायिहरूले ड्लरको बलबुता एवं चलखेलमा यहाँका विभिन्न परम्परागत धर्मालम्बिहरूलाई विभिन्न लोभ प्रोलोभन र शब्दजालमा फसाउँदै कुल परम्परालाई लात हान्न लगाउँदै धर्म परिवर्तन गराउँदै यहाँ धरमान्ततण गर्नेहरूको संख्याबृद्धी गराउँदै सनातनी धर्म संस्कारलाई कमजोर पार्दै गएका छन् अर्को तर्फ सनातनी सनातनी बीचमा पनि विभिन्न गुत उपगुत जस्तोकी – बैष्णवी, कृष्णप्रणामी, ब्रम्हकुमारी राजजयोग् तथा ज्ञान गंङ्गा लगायत विभिन्न धार्मिक संप्रदायहरू सिरजना गर्दै सनातनिहरूलाई सनातनिले नै धर्म आस्थामा र संस्कारहरूमा बिभाजन गराउँदै आफ्नै सनातनि धर्मलाई कमजोर बनाएर आफ्नो परम्परागत कुलधर्म संस्कारलाई दाइभर्त गर्दै अन्यत्र मोड्ने काम यहाँ भैरहेका छन् ।

अर्को एउटा समूह ” अहिम्सा परोधर्म ” को नारा लगाउँदै परम्परागत रुपमा वैदिक- तन्त्रनिर्देशित संस्कार अनुसार चल्दै आइरहेको अलि बलि पुजाको अन्त्य हुनु पर्छ भन्दै अलि बलि पुजाको संस्कार नभएका अनि त्यस्तो संस्कारमा नहुरकेका तथा त्यस्तो समाजभन्दा बाहिरबाट आएकाहरूले बलि प्रथा बिरोधी अभियान चलाउँदै यहाँका परम्परावादी सनातनिहरूमा एक आपसमा मनमुताब र फुट ल्याउने कार्य गरेर नेपालको सनातनी धर्म, पर्व संस्कार्गरुमा प्रतिकुल प्रभाव पार्दै आएको वर्तमान अवस्थामा त्यो अवस्था र कार्यलाई प्रचलित पात्रमा पर्वसँग सम्बन्धित समय सुधार गर्नु पर्ने र नपर्ने भन्ने विवाद उब्जाएको कारणले एउटै सालमा दोहोरो दशै लागायत पर्वहरू मनाउनाले सनातनी धर्म संस्कारलाई कमजोर एव बीच्लित पार्न थप उर्जा दिन्दै आएको हामी यहाँ हेर्न र बुझ्न सक्छौं ।

पर्व सुधार राष्ट्रिय कार्यदलको त्यो प्रतिवेदनलाई सरकारले आजसम्म नत: गलत सावित गरेको छ नत: प्रतिवेदन अनुसारा कार्यान्वयन नै गराउन सकेको छ । पञ्चाङ्ग निर्णायक समितिभित्रकै ज्योतिषिहरू समेतको सहभागितामा गहन अध्यन र अभ्यास गरी बैज्ञानिक तरिकाले तयार पारेको प्रतिवेदनलाई पञ्चाङ्ग निर्णायक समितिले हालसम्मको पञ्चाङ्गमा समाबेस गरी सनातनी जनसाधारणमा विवाद रहित अवस्थामा सही तिथिमिति र शुद्ध समयमा पर्व मनाउन दिन नसक्नु नेपाल सरकार तथा पञ्चाङ्ग निर्णायक समितिको कमजोरी हो कि पर्व सुधार राष्ट्रिय कार्यदलको प्रतिवेदन नै गलत हो ?

नेपाल सरकार संस्कृति मन्त्रालय तथा नागरिक उद्यान मन्त्रालयद्वारा गठित ” पर्व सुधार कार्यान्वयन समिति” र पञ्चाङ्ग निर्णायक समितिका तातकालीन अध्यक्ष प्रा.डा. रामचन्द्र गौत्तम लगायत समितिका ९ जना सदस्यहरू सहभागी भएको मिति २०७० असार ३१ गते बसेको संयुक्त बैठकले गरिएको निर्णयमा – “पर्व सुधार राष्ट्रिय कार्यदल समितिका सदस्यहरूबाट बि.सं. २०७२को मलमासको सहयोग लिई १ महिना पर्व समय सुधार गर्दा यो २१०० वर्षसम्म काम लाग्छ भनी यस कुरामा सहमतिका लागि अनुरोध भयो । नेपाल सरकारले २०६५।९।१६मा नीतिगत रुपले यस्तो स्वीकार गरिएको कुरा पनि बैठकमा अवगत गराईयो । एक पटकको सुधारबाट धर्म संस्कृति परम्परामा आघाट नआउने गरी बिग्रिएको ऋतु १ महिना सुधार गर्ने २०६४ को पर्व सुधार राष्ट्रिए कार्यदलको प्रतिवेदनमा उल्लेख भएकोले यस विषयमा दुवै पक्षबाट छलफल हुँदा सुधारको लागि सहमति जनाउने र नेपाल सरकारलाई २०७२ देखि समय सुधार लागू गर्न सिफारीस समेत गर्ने निर्णय भयो । यस निर्णयको जानकारी नेपाल सरकार संस्कृति पर्यतन तथा उद्यान मन्त्रालय र गृह मन्त्रालयमा दिने निरणय पनि भयो ।” भनी सो निर्णयमा लेखिएको छ ।

उपरोक्त संयुक्त बैठकमा पञ्चाङ्ग निर्णायक समितिको तर्फबाट सहभागी सदस्यहरू थिए :–
१. प्रा.डा. रामचन्द्र गौत्तम —————— अध्यक्ष
२. प्रा.डा. साम्बराज आचार्य …………… सदस्य
३. प्रा.डा. दीर्घराज धिमिरे …………… …. ”
४. प्रा.दिनेशराज पन्त ……………………. ”
५. डा. जगतमा गुरुङ्ग ………………… … ”
६. डा. खिलनाथ बास्तकोटी ………. …… . ”
७. शी दैवज्ञ कीर्तिमदन जोशी ……….. … .”
८. प्रा. विद्याकुमारी बज्राचार्य ……………..” र
९. शी पं. सूर्य प्रसाद ढुंगेल………………”
पर्व सुधार कार्यान्वयन समितिको तर्फबाट संयुक्त बैठका सहभागी हुनु हुने सदस्यहरू थिए :–
१. श्रीचुडामणि क्ट्टेल————————– सदस्य
२. श्रीसह प्रा. जयन्त आचार्य —————-”
३. श्रीपं. गुरु शेखर राजोपाध्याय ———- ”
४. श्रीसेखराज राई —————————— ” र
५. श्रीई. हरिनारायण मल्ल————-सदस्य सचिव

पञ्चाङ्ग निर्णायक समितिको मिति २०७०/८/२७मा बसेको बैठकले आफ्नो परिष्कार उप समितिले मिति २०७०/८/२६मा गरेको पर्व सुधार सम्बन्धी गरेको निर्णलाई स्वीकृति गर्दै सो निर्णयलाई नेपाल सरकार संस्कृति मन्त्रालयमा पठाउने निर्णय समेत भै सो निर्णयको जानकारी पञ्चाङ्ग निर्णायक समितिले प. सं. ०७०/७१ चनं. ३२ मिति २०७०/०८/३० को पत्रबाट संस्कृति, पर्यटन तथा नागरिक उद्यान मन्त्रालयलाई पथाएको देखिन्छन् । यसरी पञ्चाङ्ग निर्णायक समितिलाई स्तपस्त रुपमा प्रचलित पात्रमा उल्लेखित पर्व दिन र समयहरू अशुद्ध तथा असमय भैरहेको भन्ने ज्ञात हुँदा हुँदै पनि आफ्नो तर्फबाट पात्रमा सुधार गर्न खुट्टा कमाउँदै पञ्चाङ्गलाई ब्रम्ह वाक्य नै संझने र मान्ने सनातनी सर्वसाधारणलाई अशुद्ध तथा असमयमा चाद पर्वहरू मनाउन लगाई आएको दिनको घाम झै छर्लङ्ग नै देखिन्छन् ।

अत: पर्व समय सुधार कार्यान्वयन गर्ने नेपाल सरकारको पूर्व निर्णय अनुसार यदि सुधार गर्नै पर्ने भए यथा सिघ्र लागू गर्न गराउनु पर्यो हैन पञचाङ्गमा कुनै सुधार गर्नु अवस्था छैन र पर्व सुधार राष्ट्रिय कार्यदल -२०६४को प्रतिवेदन नै गलत हो भन्ने सरकारले निर्णय गरी नेपाली मनाउने चाड पर्व समय एकरुपता कायम गरी नेपाली चाड पर्वहरूको महत्व र बिषेशतालाई यथावत कायम गर्दै सनातनी नेपालीहरूले मनाउने पर्वहरूमा बिकृतिलाई निषेधित गरी हाम्रो धर्म संस्कारलाई पर धर्म र आन्तरिक गुत उपगुतबाट हुन सक्ने अतिक्रमनलाई निषेधित गर्न सक्ने वातावरण बनाउनु पर्ने वर्तमान देशको अवस्थाले सरकार, पञ्चाङ्ग निर्णायक समिति लगायत सरोकारवाला सबैलाई घचघचाइरहेको यथार्थतालाई सबैले मनन गर्नै पर्दछ र पर्वसँग सम्बन्धित समय सुधार गर्नै पर्ने हो वा होइन भन्ने विषयलाई एउटा निश्कर्षमा तुंग्याउनै पर्ने अहिलेको समय र सनातनी नेपालीहरूको आवाज पनि यही नै छ ।

स्रोत-(१) पर्व सुधार राष्ट्रियकार्यदलको प्रतिवेदन-२०६४
(२) पर्वसुधारका आधारहरू – तेस्रो अङ्क
(३) पर्व ( समय) सुधारिएको नमुना भित्ते पात्रो-०७३
(४) स्रोत सामाग्री उपलन्ध गरी सहयोग गर्नु हुने

प्रकाशमान शिल्पकार
www.shilpakarpm.blogspot.com
2016-12-05 15:53:49 +0000

Leave a Reply

Your email address will not be published. Required fields are marked *