Skip to content

तिम्रै मनको चल्छ ध्वनि !


आशा छ्न मनमा अनेकन
भावमा म मर्छु
इन्द्रेणी बनी उनी आउँछिन
वर्षातको रमझम म हुन्छु

गीत दुवैको तरङ्गमा
झुमिरहने साथ
घुमिरहेछौं मन मन्दिरमा
साथ हाम्रो हात

खोला नाल बग्छन निरन्तर
छ स्वर कलकलकल
मन बग्छ हुन्छ चञ्चल
खोज्छ तिमी हरपल्

रात अँध्यारो मन उजेलो
चम्किरहेछ दिल
छरछ मन्ले आकास भरी
टहटह जूनकिरी टिलपिल

दिनु लिनु मन्को कुरा
मनले खोज्छ किन तिमी
हरपल रात सन्ध्या
तिम्रै मन्को चल्छ ध्वनि

Leave a Reply

Your email address will not be published. Required fields are marked *